सुनचाँदी व्यवसायी संघको दोस्रो चरणको आन्दोलन नयाँ मोडमा

सुनचाँदी व्यवसायी संघको दोस्रो चरणको आन्दोलन नयाँ मोडमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार १६ गते सोमबार १०:१३

भारतमा सुनको भन्सार दर ६ प्रतिशत रहेको हुँदा नेपालमा १० प्रतिशत पुर्याइएको कर पनि भारत सरह हुनुपर्नेमा आन्दोलनकारीहरूको जोड रहेको छ ।

कहिले कालोपट्टी बाधेर, कहिले पसलमा विरोध व्यानर राखेर, कहिले पसल बन्द गरेर त कहिले र्याली र कोणसभा गर्दै आन्दोलनकारीहरूले सरकारको ध्यानाकर्षण गर्ने गरेका छन् ।

बेसीशहर– लमजुङमा सुनचाँदी व्यवसायी संघको आन्दोलन दोस्रो चरणमा प्रवेश गरेसँगै नयाँ मोडमा पुगेको छ । सरकारले आउँदो आवदेखि कर बृद्धि गर्ने बजेट वक्तव्य जारी भएदेखिनै उनीहरू त्यसको खारेजीसहितका माग राख्दै आन्दोलन गरेका उनीहरूले असार १६ गते यहाँ विरोध र्यालीसहित कोणसभाको आयोजना गरेर त्यस्तो जानकारी दिएका हुन् ।
सरकारले बजेट वक्तव्यमार्फत दुई प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेजीको माग गरेका छन् । बढाएको कर उपभोक्ताबाट नै असुल गर्नु पर्ने भएको हुँदा सर्वसाधारण नै पेलिने स्थिति भएका कारणले गर्दा त्यो खारेज हुनुपर्ने माग रहेको छ ।
सम्पुर्ण उपभोक्ता महानुभावहरूमा यो अपिल गर्दछौं कि नेपाल सरकारको आ.ब. २०८२/८३ को बजेट भाषणमार्फत सुनका गहनामा दुई प्रतिशत अतिरिक्त विलासिता कर र बहुमुल्य रत्न तथा पत्थरहरू जडित हिराका गर– गहनाहरूमा १३ प्रतिशत मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने भनि बजेट वक्तव्य जारी गरेकोमा यी करहरू उपभोक्ताले तिर्न पर्ने भएकोले उपभोक्तालाई प्रत्यक्ष रुपमा असर परेको छ । हाल वर्तमान परिस्थितिमा विश्वबजारमा सुनको दरभाउमा यसै त बृद्धि भएको छ ।
त्यस्तै, भारतमा सुनको भन्सार दर ६ प्रतिशत रहेको हुँदा नेपालमा १० प्रतिशत पुर्याइएको कर पनि भारत सरह हुनुपर्नेमा आन्दोलनकारीहरूको जोड रहेको छ ।
तिनै मागहरू पुरा गर्नका लागि सुनचाँदी व्यवसायीहरूले पसलमा कालोपट्टी बाँधेर काम गर्न पसल अघि विरोधको व्यानर राख्ने, सम्बद्ध निकायमा ज्ञापन पत्र बुझाउने लगायतका कार्य गर्दा सरकारले सुनेन । कहिले कालोपट्टी बाधेर, कहिले पसलमा विरोध व्यानर राखेर, कहिले पसल बन्द गरेर त कहिले र्याली र कोणसभा गर्दै आन्दोलनकारीहरूले सरकारको ध्यानाकर्षण गर्ने गरेका छन् । सो क्रममा आज पनि विरोध र्याली र कोणसभाको आयोजना गरिएको सुनचाँदी व्यवसायी संघका जिल्ला सल्लाहकार एवम् पूर्वअध्यक्ष मणिलाल विकले बताउनु भयो । उहाँका अनुसार आन्दोलन नयाँ मोडमा प्रवेश गरेको छ ।
उहाँले भन्नुभयो, ‘आज मनाङे चौतारामा कोणसभाका साथ र्याली सुरु गरिएको थियो । विभिन्न नाराका साथ सो र्याली बेसीशहर बजार परिक्रमा गरी सेरा चोकमा पुगेर कोणसभामा परिणत भई कार्यक्रम विसर्जन गरिएको थियो ।’
मनाङे चौतारामा भएको कोणसभामा निवर्तमान जिल्ला अध्यक्ष देवबहादुर विक, सल्लाहकार एवम् पूर्वजिल्ला अध्यक्ष मणिलाल विक, पूर्वकेस तथा पूर्वजिल्ला अध्यक्ष हरिबहादुर विकले आ–आफ्ना धारणासहित सरकारको ध्यानाकर्षण गर्नु भएको थियो ।
त्यस्तै, सेरा चोकको चौतारामा भएको कोणसभामा प्रदेश सदस्य दीपक रामदानले विरोध मन्तव्य राख्नु भएको थियो भने जिल्ला अध्यक्ष वमबहादुर विकले धन्यवाद ज्ञापनसहित सभा विसर्जन गर्नु भएको थियो ।
आन्दोलनरत उहाँहरूले अतिरिक्त कर तथा भ्याट लगाउँदा थप मुल्यमा बृद्धि भई अप्रत्यक्ष रुपमा व्यवसायीहरूलाई व्यवसाय गर्न असहज भएकोले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघद्वारा संयुक्त रुपमा आन्दोलन गरेको जानकारी दिनुभयो । यसअघि सांकेतिक रुपमा गत जेठ २९ र ३० गते देशभरका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले व्यवसाय बन्द गरी हातमा कालोपट्टि बाँधेर, कालो झण्डा राखेर र माग सहितको व्यानर राखी एक दिन नारा जुलुससहित जिल्ला भरका सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा विज्ञाप्ती बुझाई नेपाल सरकारको ध्यानाकर्षण गराई सकिएको समेत उल्लेख गर्नु भएको छ ।
त्यति गर्दा पनि सरकारले कुनै सुनुवाई नगरी बजेट पास गरेकोले हुँदा यही असार १३ गतेबाट अनिश्चित कालिन आन्दोलन गर्न व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी हुन संयुक्त महासंघको परिपत्र अनुसार उक्त कार्यक्रममा सहभागी हुन यस लमजुङ सुनचाँदी व्यवसायी संघका सम्पूर्ण सदस्य एवम् व्यवसायीहरू र सम्पूर्ण उपभोक्त वर्गमा ऐक्यबद्धता जनाई दिनुहुन हुन लमजुङ सुनचाँदी व्यवसायी संघ हार्दिक अपिल गर्दछौं ।
मुख्य मागहरू :
सुनमा लगाईएको दुई प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर तथा सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर ।
र्यालीमा आन्दोलनकारीहरूले लगाएका नाराहरू :
सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर (भ्याट) खारेज गर, सुनको भन्सार मूल्य ६ प्रतिशत कायम गर, सुनचाँदी कारोबारका लागि आवश्यक निति, नियमावली निर्माण गर रहेका छन् । त्यस्तै, अन्य नारामा व्यवसायिक शान्ति सुरक्षा कायम गर, व्यबसायिक एकता जिन्दाबाद, दिन दहाडै पसल लुट्ने र व्यवसायीहरूको हत्या हुने कार्यको अन्त्य गर, सुन विलासिताको बस्तु होइन सम्पती हो, सुखको गहना, दुःखको खजान हो तथा व्यवसायी र उपभोक्ता एक हौं भन्ने रहेको अन्दोलनकारीहरूको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार १६, सोमबार २२:१३ गते
हजुरको प्रतिक्रिया