निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङले एकलौटी ढंगले सतप्रतिशत बसभाडा बृद्धि गरेकोमा अभिभावकद्वारा विरोध

निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङले एकलौटी ढंगले सतप्रतिशत बसभाडा बृद्धि गरेकोमा अभिभावकद्वारा विरोध

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार १७ गते मङ्गलबार ०९:०१

‘निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले चालु शैक्षिकसत्र २०८२ को सुरु अर्थात गत बैशाखदेखि सो शुल्क बृद्धि गरेका रहेछन् ऐले तीन महिनाको शुल्क तिर्न जाँदामात्र हामीलाई थाहा भयो’ अभिभावकको गुनासो छ ।

सो बारेमा ध्यानाकर्षण गर्दै नगरपालिका र प्रशासनमा ज्ञापत्रपत्र बुझाउँदै सो कार्यको तत्कालै अनुगमन गरी उचित परिणाम ल्याउनका समेत अभिभावकद्वारा माग गरिएको छ ।

बेसीशहर– निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङले एकलौटी ढंगले बसभाडा बढाएकोमा अभिभावकहरूद्वारा विरोध गरेका छन् । सो बारेमा विरोधमा उत्रिएका अभिभावकहरूद्वारा बेसीशहर नगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयलाई समेत असार १७ गते त्यसको जानकारी दिने काम भएको छ ।
सो ज्ञपान पत्रमा १२ जना अभिभावकले दस्तखत गर्नु भएको छ । त्यसमा एलेको आर्थिक मन्दिको बेलामा अभिभावकहरूलाई प्रत्यक्ष आर्थिक मार पर्ने र ढाड सेक्ने गरी बसभाडा बृद्धि गरेकोमा त्यो घटाउन(समायोजन गर्न) माग गरिएकोछ । सो ज्ञपान पत्रमा भर्ना फिमा समेत समायोजन गर्न माग गरिएको छ । उनी विद्यालयमा पढ्दा समेत प्रत्येक कक्षा चढ्दा पनि भर्ना फि लिने काम मनासिव नभएको अभिभावकको गुनासो छ ।
सो कार्यको तत्कालै अनुगमन गरी उचित परिणाम ल्याउनका समेत अभिभावकद्वारा माग गरिएको छ ।
‘निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले चालु शैक्षिकसत्र २०८२ को सुरु अर्थात गत बैशाखदेखि सो शुल्क बृद्धि गरेका रहेछन् ऐले तीन महिनाको शुल्क तिर्न जाँदामात्र हामीलाई थाहा भयो’ अभिभावकको गुनासो छ ।
यसअघि बसभाडा मासिक ७५० रुपैयाँ शुल्क लिने गरेकोमा ऐले बस चढ्ना साथ एक हजार रुपैयाँ र प्रति किमि क्रस गर्दा एकसय रुपैयाँ दरले बृद्धि गर्ने गरेको अभिभावकको गुनासो छ । उहाँहरूका अनुसार बेसीशहर नगरपालिका– १ को चिप्लेटीबाट आउने बालबाकिलाका प्रति व्यक्ति प्रति महिना एक हजार सात सय रुपैयाँ तिर्नु पर्ने स्थिति उत्पन्न भएको छ ।
सो ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थमानसिंह गौतमले सो ज्ञापनपत्र बुझ्नु भएको थियो । उहाँले ऐले त्यसरी डिजेलको भाउ नबढेको स्थिति नभएको र शिक्षकको तलबसमेत बढाएको जानकारीमा नआएको बेलामा एकतर्फी रुपमा गाडी भाडा बृद्धि गर्नु मनासिब नभएको बताउनु भएको ज्ञापनपत्र बुझाउनु जानु भएका अभिभावकहरुले जानकारी दिनुभएको छ ।
यसबारेमा बुझ्न प्याब्सन लमजुङका उपाध्यक्ष ईश्वर पौडेल तथा सचिव विमल अधिकारीसँग सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन ।

प्रकाशित मिति २०८२ असार १७, मंगलवार २१:०१ गते
हजुरको प्रतिक्रिया