काठमाडौं– पृथ्वी राजमार्गमा पहिरो खस्दा यतायात आवागमन अवरुद्ध भएको छ । राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २, कमेरेभिरमा सडक माथिबाट पहिरो झरेकाका कारण यतायात आवागमन अवरुद्ध भएको प्रहरीले असार १९ गते साँझ जनाएको छ ।
आज साँझ ६ः३५ बजे वर्षासँगै पहिरो खसेपछि यतायात आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोका कारण अवरुद्ध सडकमा सवारी आवागमन सुचारु गर्ने प्रयास थालिएको छ ।
प्रकाशित मिति २०८२ असार १९, बिहीबार १९:४८ गते