‘स्पेन कार्यक्रममा गएर केही मानिस नफर्किएको साँचो हो’ : सांसद सोविता गौतम

‘स्पेन कार्यक्रममा गएर केही मानिस नफर्किएको साँचो हो’ : सांसद सोविता गौतम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार २५ गते बुधबार ०५:३९

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री गएको स्पेनको कार्यक्रम धेरै ठूलो कार्यक्रम हो, दसौँ हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौँ एनजिओका साइड इभेन्ट हुने कार्यक्रम हो, नेपालमा कार्यक्रम सहभागी हुन सयौँ मानिस गएको पनि साँचो हो। केही नफर्किएको पनि साँचो हो ।’

यही विषयमा संसद्मा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले को व्यक्ति फर्किएन भन्दै प्रधानमन्त्रीसँग गएका व्यक्तिको नाम सार्वजनिक गरेको थियो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा स्पेनको कार्यक्रममा गएका केही मानिस नफर्किएको विषय साँचो रहेको फेरि दोहोर्याउनु भएको छ । संसद् बैठकमा नेपालबाट कार्यक्रम सहभागी हुन सयौँ मानिस गएको र केही नफर्किएको असार २५ गते दोहोर्याउनु भएको हो ।
सांसद गौतमले प्रधानमन्त्रीसँग गएको व्यक्ति नफर्किएको आफूले नभनेको र बुझ्न नजानेर आफूलाई आलोचना गरेको भन्दै उनले आपत्ति व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री गएको स्पेनको कार्यक्रम धेरै ठूलो कार्यक्रम हो, दसौँ हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौँ एनजिओका साइड इभेन्ट हुने कार्यक्रम हो, नेपालमा कार्यक्रम सहभागी हुन सयौँ मानिस गएको पनि साँचो हो। केही नफर्किएको पनि साँचो हो ।’
आफूले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग उठेको विषयकोसमेत प्रतिवाद उहाँले गर्नु भएको छ । एमालेका प्रमुख सचेक महेश बर्तौलाले सांसद गौतमको आरोपको खण्डन गर्दै संसद्को रेकर्डबाट हटाउन माग गर्नु भएको थियो ।
आफ्नो धारणा राख्ने क्रममा सांसद गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिनु भएको थियो ।
यही विषयमा संसद्मा सांसद गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले को व्यक्ति फर्किएन भन्दै प्रधानमन्त्रीसँग गएका व्यक्तिको नाम सार्वजनिक गरेको थियो ।
बैठकमा आफ्ना कुरा राख्ने, बैठक छोडेर हिँड्ने :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभाको आज २५ गचेको बैठक पनि बहिस्कार गरेका छन् । सरकारले सामान्य प्रशासनिक समिति बनाएर आफ्नो माग बेवास्ता गरेको भन्दै उनीहरूले संसद बैठक बहिस्कार गरेका हुन् ।
रास्वपाकी सांसद सोविता गौतमले बैठक प्रारम्भ हुनासाथ आफ्नो धारणा राख्दै भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी रहने जानकारी दिनु भएको थियो ।
उहाँले भन्नुभयो, ‘नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा पनि स्वार्थ बाझिने, आफू मातहतको र कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ। हाम्रो कुरा सरकारले नसुनेका कारण निरन्तर संसद् बहिस्कार गरिरहेका छौँ ।’
यसैगरी, राप्रपाकी सांसद अनिशा नेपालीले पनि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको भए पनि सामान्य समिति गठन गरेर आलटाल गरेको बताउँदै उच्चस्तरीय छानबिन आयोग नबनेसम्म राप्रपाले संसद् बैठक बहिस्कार गर्ने जानकारी दिनु भयो ।
रास्वपा र राप्रपाका तर्फबाट सांसद द्वय गौतम र नेपालीले आ–आफ्ना धारणा राखेपछि दुबै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रकाशित मिति २०८२ असार २५, बुधबार १७:३९ गते
हजुरको प्रतिक्रिया