पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकले विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि नियन्त्रणमा लिएर प्रहरीद्वारा सोधपुछ गर्दै

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकले विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि नियन्त्रणमा लिएर प्रहरीद्वारा सोधपुछ गर्दै

एजेन्सी

@antaranganews

२०८२ असार २७ गते शुक्रबार ०६:०२

पाठकलाई प्रहरी नियन्त्रणमा रहदासम्म उहाँका आफन्त तथा अन्य कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन । विभिन्न विषयमा सोधपुछ आवश्यक देखिएपछि उहाँलाई १० बजेतिर नै बालुवाटारबाट ल्याइएको परिसरका एसपी अपिल बोहराले बताउनु भयो ।

संविधानले नचिन्ने भाषा प्रयोग गरेको हुँदा प्रहरीले पाठकलाई संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाइएको हो ।

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेखेपछि पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौँद्वारा नियन्त्रणमा लिएर सोधपुछ गर्दैछ । संविधानले नचिनेका भाषा विज्ञप्तिमा प्रयोग गरेपछि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई असार २७ गते बोलाइएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि पाठक अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेको परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रहरीले पाठकलाई ‘श्री ५ महाराजाधिराजलाई संविधानले नचिन्ने’ शब्द राखेर विज्ञप्ति किन निकालेको भन्दै प्रश्न सोधेको छ । प्रहरीले पूर्वराजा शाहलाई गर्ने सम्बोधनको शब्द तथा शैलीको विषय संसदमा पनि उठाइएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ ‘श्री ५ महाधिराज सरकार’ भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्ने अर्थात सोधपुछको काम प्रहरीबाट भइरहेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि पाठक जिल्ला प्रहरी परिसर, भद्रकाली पुग्नु भएको हो । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले पाठकलाई बोलाइएको पुष्टि गर्नु भएको छ ।
पाठकलाई प्रहरी नियन्त्रणमा रहदासम्म उहाँका आफन्त तथा अन्य कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन । विभिन्न विषयमा सोधपुछ आवश्यक देखिएपछि उहाँलाई १० बजेतिर नै बालुवाटारबाट ल्याइएको परिसरका एसपी अपिल बोहराले बताउनु भयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह राजा हुँदासमेत सचिवालयमै बसेर काम गरेका कारण कतिपय कुराहरू आफ्नो चाहनाले मात्रै पनि फेर्न नसकिएको जवाफ सोधपुछका क्रममा जवाफ दिएको सो कार्यमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै पाठकलाई त्यसबारे सोधिएको अधिकारीहरूको भनाइ छ । पाठक विहान करिब १० बजेदेखि प्रहरी नियन्त्रणमा हुनुहुन्छ भने साँझ उहाँलाई छाड्ने प्रहरीको तयारी रहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति २०८२ असार २७, शुक्रबार १८:०२ गते
हजुरको प्रतिक्रिया