साउनको पहिलो सोमबारे मेलामा ईशानेश्वर मन्दिर परिसरमा गरियो रविका पक्षमा हस्ताक्षर संकलन

साउनको पहिलो सोमबारे मेलामा ईशानेश्वर मन्दिर परिसरमा गरियो रविका पक्षमा हस्ताक्षर संकलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ६ गते मङ्गलबार ०७:२९

करिब तीन घण्टा गरिएको हस्ताक्षर संकलनको उक्त अवसरमा १७० जनाले हस्ताक्षर गरेको सो अभियानको नेतृत्वकर्ता मध्यनेपाल नगरपालिका– ७ का अध्यक्ष मणिराम विकले जानकारी दिनुभएको छ ।

आज साउन ६ गते मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा हस्ताक्षर संकलन कार्य हुने भएको छ ।

ईशानेश्वर(लमजुङ)– साउने सोमबारे मेलामा गरियो रविका पक्षमा हस्ताक्षर संकलन गरिएको छ । मध्यनेपाल नगरपालिका– ७ को यहाँ स्थित सन्तानेश्वर नामले समेत चिनिने ईशानेश्वर महादेव मन्दिर परिषरमा हस्ताक्षर संकलन कार्य साउन ५ गते पहिलो सोमबारका दिनमा पनि गरिएको छ ।
सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका विरुद्धमा साँधिरहेको राजनीतिक प्रतिशोधका विरुद्धमा जारी अभियान साउने सोमबारको पहिलो दिन महादेव मन्दिर परिषरमा हस्ताक्षर संकलन हो ।
उक्त अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, रास्वपा नेतृ चन्द्रकला घिमिर, सोही पालिकाका सल्लाहकार सिंंहबहादुर गुरुङका साथमा सोही नगरपालिका– ६ का सभापति लक्ष्मण (विष्णु नारायण) शाह लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको मध्यनेपाल नगरपालिका– ७ का अध्यक्ष मणिराम विकको नेतृत्वमा उक्त हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको हो । सो अवसरमा स्थानीयबासीहरूका अतिरिक्त चितवन, नवलवरासी, कास्की, तनहुँ, गोरखाबाट समेत आउनु भएका तिर्थालु भक्तजनले स्वस्फूर्त रुपमा हस्ताक्षर गरी रास्वपाको उक्त अभियानमा एक्य वद्धता जनाउनु भएको थियो ।
करिब तीन घण्टा गरिएको हस्ताक्षर संकलनको उक्त अवसरमा १७० जनाले हस्ताक्षर गरेको सो अभियानको नेतृत्वकर्ता मध्यनेपाल नगरपालिका– ७ का अध्यक्ष मणिराम विकले जानकारी दिनुभएको छ । उहाँका अनुसार अब हरेक सोमबारका दिने उक्त स्थानमा हस्ताक्षर संकलन कार्य जारी राखिने भएको छ ।
आज साउन ६ गते मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा हस्ताक्षर संकलन कार्य हुने भएको छ । रास्वपाका नगर सचिव दिपेन्द्र श्रेष्ठको नेतृत्वमा हस्ताक्षर संकलन कार्य केही बेरमा सुरु हुने कार्यक्रम रहेको रास्वपाका नेता सोही स्थान निवासी तिर्थराज पराजुलीले बताउनु भएको छ । सो स्थानमा जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेल, सोही नगरपालिका– ६ का सभापति विष्णु नारायण शाहलगायत सहभागी हुनुहुने भएको छ ।

प्रकाशित मिति २०८२ श्रावण ६, मंगलवार ०७:२९ गते
हजुरको प्रतिक्रिया