रास्वपा संगठनलाई चुस्त बनाउन केन्द्रीय संगठन विभागका सदस्य केसीको निर्देशन 

रास्वपा संगठनलाई चुस्त बनाउन केन्द्रीय संगठन विभागका सदस्य केसीको निर्देशन 

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ११ गते आईतबार १०:५१

पहिलो श्रेणीमा ७० प्रतिशत र त्योभन्दा माथिका वडामा अधिवेशन सम्पन्न गरेको जिल्लालाई हरियो संकेत, ६०  प्रतिशत वडाअधिवेशन गर्न सफल भएका जिल्लालाई फिका हरियो, ५० प्रतिशत वडा अधिवेशन सम्पन्न गरेका जिल्लाहरू पहेलोमा, ३० प्रतिशत भन्दा माथिका वडा अधिवेशन गर्न सकेका जिल्ला फिका पहेलो र ३० प्रतिशतभन्दा कम संख्यामा काम गरेका जिल्लाहरू रातो संकेतमा राख्ने केन्द्रको निर्णय रहेको केसीले उल्लेख गर्नुभयो । 

रुपन्देहीमा घोषित उपनिर्वाचनका लागि चार तहबाट तथ्यांक संकलन गर्ने कार्य भइरहेको र त्यसको परिणाम पछि उम्मेदवारको तय गरिने केसीले जानकारी दिनुभयो ।

सुन्दरबजार(लमजुङ)– राष्ट्यि स्वतन्त्र पार्टी यतिबेला संगठन विस्तारमा जुटिरहेको छ । सो दलको केन्दीय संगठन विभागका सदस्य रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले जिल्लामा पार्टी संगठनलाई चुस्त बनाउन निर्देशन साउन १० गते दिनु भएको छ ।
लमजुङको सुन्दरबजारमा रास्वपाको नगर समितिको बैठकमा उदघाटन मन्तव्य व्यक्त गर्नु हुँदै उहाँले त्यस्तो निर्देशन दिनु भएको हो । उहाँले सो अवसरमा आयोजित भेलामा उठेका जिज्ञासाको समेत सम्बोधन गर्नु भएको थियो । उहाँले रुपन्देही– ३ को उम्मेदवारी तथा अन्य गतिविधिका बारेमा पार्टीको केन्द्रीय नीति एवम् विधान र विभिन्न समयमा केन्द्रीय समितिले गरेका निर्णयको कार्यान्वयका बारेमा उठेका प्रश्नका समाधानको प्रयास गर्नु भएको थियो ।
उहाँले रुपन्देहीमा घोषित उपनिर्वाचनका लागि चार तहबाट तथ्यांक संकलन गर्ने कार्य भइरहेको र त्यसको परिणाम पछि उम्मेदवारको तय गरिने जानकारी दिनुभयो ।
त्यस्तै, उहाँले पार्टीका देशभरका जिल्ला समितिहरूलाई पाँच श्रेणीका स्तरीकरण गरेको जानकारी दिनुभयो । पहिलो श्रेणीमा ७० प्रतिशत र त्योभन्दा माथिका वडामा अधिवेशन सम्पन्न गरेको जिल्लालाई हरियो संकेत, ६०  प्रतिशत वडाअधिवेशन गर्न सफल भएका जिल्लालाई फिका हरियो, ५० प्रतिशत वडा अधिवेशन सम्पन्न गरेका जिल्लाहरू पहेलोमा, ३० प्रतिशत भन्दा माथिका वडा अधिवेशन गर्न सकेका जिल्ला फिका पहेलो र ३० प्रतिशतभन्दा कम संख्यामा काम गरेका जिल्लाहरू रातो संकेतमा राख्ने केन्द्रको निर्णय रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, हस्ताक्षर अभियानलाई ¥याट विभागले विशेष सक्रियताका साथ अघि बढाउनु पर्नेमा उहाँको जोड थियो ।
यसैगरी, रास्वपाका प्रदेश सचिवालय सदस्य हरि धितालले संगठन विस्तारमा जोड दिनु पर्ने बताउँदै मभन्दा पनि ‘हामी’ भन्ने सोचका साथ अघि बढौं भन्ने आह्वान गर्नु भयो । उहाँले अन्य पार्टीका विक्रिति विसंगतिबाट समय छदै पार्टीलाई मुक्त राख्नु पर्नेतर्फ पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
जिल्ला सभापति अशोक सापकोटाले जिल्ला समिति संगठन विस्तारमा जुटिरहेको जानकारी दिदै सचिवालय समितिसमेत गठन भएको जानकारी दिनुभएको थियो ।
यसैगरी, गण्डकी प्रदेशका थर्ट तथा इनोभेसज विभागका प्रमुख गोविन्द गुरुङले सुशासनको प्रत्याभूतिका लागि कार्यकर्ताहरु आयआर्जनका काममा अनिवार्य रुपमा जोडिनु पर्नेमा जोड दिनुभयो । उहाँले रास्वपामा पनि ठूला भनिने अन्य दलकै रोग नभित्रियोस् भन्नेतर्फ सावधान रहनु पर्ने उल्लेख गर्नु भएको थियो ।
रास्वपाको सुन्दरबजार नगरसमितिका सभापति विमल अधिकारीको अध्यक्षतामा बसेको बैठकमा उहाँले बैठकका एजेण्डाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले हाल पार्टी संक्रमणकालीन अवस्थामा रहेको हुँदा मासिक रुपमा बैठक बस्ने र हस्ताक्षर अभियानलाई थप फलदायी बनाउन लागि पर्ने जानकारी दिनु भएको थियो ।
जिल्ला र्याट विभागका संयोजक श्याम केसीले स्वागत गर्नु भएको सो बैठकले पार्टीको बैंक खाता खोल्ने लगायतका विविध निर्णय गरेको सोही नगर निवासी जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारीले बताउनु भयो । अधिकारीले आफ्नो मन्तव्यका क्रममा अबका दिनमा सबै पालिकामा निकट भविश्यमै संगठन विभाग बनाइने र पालिका समितिको बैठक नियमित बस्नु पर्नेमा जोड दिनु हुँदै पार्टीमा व्यक्ति बलियो हुुनुको अर्थ छैन, पार्टी बलियो बनाउन लाग्नु पर्छ भन्नुभयो । 
पार्टीमा नव प्रवेशीहरूकातर्फबाट प्रस्तावित प्रदेश महिला विभागका उपप्रमुख सन्तोषी गौलीले आफू गर्भदेखिनै माओवादी भएको भएता पनि एमसिसी पास गर्ने, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्न छाडेर दुई बुँदे सहमति गरेको तर अन्य विपक्षी दलहरुले भने संसद बहिस्कार गरिरहेको, रविलाई राजनीतिक प्रतिशोध साँधेको देखेको हुँदा रास्वपामा आएको हुँ भन्नुभयो । उहाँले आफ्नो जिल्लाका प्रायः सबै गाउँमा आफू पुगेको हुँदा संगठन विस्तार गर्न सजहता हुनेछ भन्ने जानकारी दिनुभयो ।
सो बैठकमा जिल्ला सल्लाहकार समितिका संयोजक नवराज पहाडी, गण्डकी प्रदेशका थर्ट तथा इनोभेसज विभागका प्रमुख गोविन्द गुरुङ, संगठन विभागका सदस्य काजी दुरा, जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी लगायतको सहभागिता थियो । त्यस्तै, संगठन विभागका जिल्ला सदस्यद्वय डम्बर केसी र आनन्दराज श्रेष्ठ, रास्वपाका सदस्य एवम् समाजिक अगुवा ज्ञानेन्द्र शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले घण्टी बजाएर उदघाटन गर्नु भएको उक्त बैठक तथा भेलाको सञ्चालन नगर सचिव राजेन्द्र अधिकारीले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ श्रावण ११, आईतवार २२:५१ गते
हजुरको प्रतिक्रिया