सांस्कृतिका अभियन्ता हरिदेवीको नयाँ मौलिक तीज गीत बजारमा, अन्य तीन गीत आउने तयारीमा

सांस्कृतिका अभियन्ता हरिदेवीको नयाँ मौलिक तीज गीत बजारमा, अन्य तीन गीत आउने तयारीमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १२ गते सोमबार ०९:२३

२०४४/४५ सालताका लमजुङबाट आफ्नो प्रतीभालाई समाजमा फैलाउन थाल्नु भएकी सांस्कृतिका अभियन्ता कोइरालाले त्यस समयदेखि निरन्तर गीत संगीतमा नेपालीपन झल्कने मौलिकतालाई प्रार्थमिकतामा राख्दै आउनु भएको मात्र छैन सफलताको श्रेणी पनि त्यसरीनै चढ्दै हुनुहुन्छ ।

उहाँले सार्बजनिक गर्नु भएको पछिल्लो गीत ‘उठौ जागेर’मा महिलाले समाजमा भोग्नुपरेको तिरस्कारलाई उजागर गर्नु भएको छ । त्यसका बारेमा सुनेरै बढी जान्न जरुरी छ ।

पोखरा– मौलिक लोकसंस्कृतिका अभियन्ता, बरिष्ठ लोकगायिका एवम् साहित्यकार हरिदेवी कोइरालाले नयाँ मौलिक तीज गीत बजारमा ल्याउनु भएको छ । उहाँले यसै साता ‘उठौ जागेर’ बोलको मौलिक तीज गीत बजारमा ल्याउनु भएको हो ।
सांस्कृतिका अभियन्ता कोइरालाले आफ्नै स्वर, शब्द र लयमा उक्त गीत बजारमा ल्याउनु भएको हो । महिलाहरूको महान पर्व तीज नजिकिदै जाँदा उहाँको नयाँ गीत बजारमा आएको हो । तीज गीतमा समेत विकृती बढेर तीजको मौलिकतालाई ओझेल पार्ने कार्य भइरहेको बेलामा उहाँले विगतका बर्षझैंं मौलिक भाकालाई महत्व दिदै तीज गीतको सिर्जना गर्ने गर्नु भएको छ । उहाँले सार्बजनिक गर्नु भएको पछिल्लो गीत ‘उठौ जागेर’मा महिलाले समाजमा भोग्नुपरेको तिरस्कारलाई उजागर गर्नु भएको छ । त्यसका बारेमा सुनेरै बढी जान्न जरुरी छ ।
सांस्कृतिका अभियन्ता कोइरालाले यो बर्षको तीजका अवसरमा मात्रै चार वटा मौलिक गीत सार्बजनिक गर्ने तयारीमा आफू जुटेको जानकारी दिनु भयो । उहाँका अनुसार अन्य तीन गीतहरूको पनि रेकर्डिङको काम सकिएको हुँदा छिट्टै बजारमा आउछन् ।
२०४४/४५ सालताका लमजुङबाट आफ्नो प्रतीभालाई समाजमा फैलाउन थाल्नु भएकी सांस्कृतिका अभियन्ता कोइरालाले त्यस समयदेखि निरन्तर गीत संगीतमा नेपालीपन झल्कने मौलिकतालाई प्रार्थमिकतामा राख्दै आउनु भएको मात्र छैन सफलताको श्रेणी पनि त्यसरीनै चढ्दै हुनुहुन्छ । कोइरालाका यसअघि दाइजो प्रथाको बिरुद्ध, पारिवारिक समस्या र झमेला, जुवातासको असर र छोरीले भोग्नुपरेका पीडाका अतिरिक्त दरबार हत्याकाण्ड, भूकम्प, कोरोना, हवाई दुर्घटना, वढ्दो राजनीतिक बिकृती जस्ता बिषयका बारेमा दर्जनौ तीज गीत बजारमा पस्किनु भएको छ ।
त्यसो त मौलिक लोकगीतसंगीतको संरक्षण एवम् प्रवर्र्धन क्षेत्रमा उकलव्य वरिष्ठ गायिका कोइरालाको साहित्य क्षेत्रमा योगदान कम छैन । उहाँको थप समुन्नतिका लागि हाम्रो हार्दिक शुभकामना छ ।

प्रकाशित मिति २०८२ श्रावण १२, सोमबार ०९:२३ गते
हजुरको प्रतिक्रिया