गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र अर्ध चन्द्र निर्माणको अन्तिम चरणमा

गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र अर्ध चन्द्र निर्माणको अन्तिम चरणमा

अपूर्वराज अधिकारी 

@facebook

२०८२ साउन १३ गते मङ्गलबार ०९:१२

निर्माणाधिन उक्त चलचित्रको मुख्य भूमिकामा ओमप्रकाश गुरूङ (कास्की) र सपना गुरूङ लमजुङ(मालिङ)की रहनु भएको छ ।

निर्माणाधिन चलचित्र शोभेच्छा फिल्म प्रा.लि.को २४ प्रस्तुति हो ।

बेसीशहर– गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र अर्ध चन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ । आउँदो वडादशैंसम्म दर्शकमाझ ल्याउने लक्ष्यका साथ काम भइरहेको यहाँ पत्रकार भेटघाट गरी निर्माण पक्षले उक्त चलचित्र बारेमा साउन १२ गते जानकारी दिएको हो ।
निर्माणाधिन उक्त चलचित्रको मुख्य भूमिकामा ओमप्रकाश गुरूङ (कास्की) र सपना गुरूङ लमजुङ(मालिङ)की रहनु भएको छ ।
छयाकंनमा अधिकांश लमजुङ देख्न सकिन्छ भने त्यसपछि मनाङको करिब ४२ मिटर उचाईका क्षत्रेहरू समेटिएको छ । त्यस्तै, पोखराको पनि केही भाग रहेको निर्माण पक्षको भनाइ छ । सुन्दर प्राकृतिक स्थलमा गरिएको उक्त चलचित्रको ९७ प्रतिशत छायाकंन कार्य सम्पन्न भएको निर्माता शोभेच्छा फिल्म प्रा.लि.ले जनाएको छ । उक्त चलचित्रको निर्माताहरू नौ जना हुनुहुन्छ । उहाँहरूमा राज गुरुङ, मिनबहादुर गुरुङ, टंकप्रसाद गुरुङ हरिमाया गुरुङ, मिना गुरूङ यामबहादुर गुरूङ, ह्योमाया गुरुङ, योगेन्द्र गुरूङ र नारायण गुरूङ रहनु भएको छ ।
अध्ययनका लागि विदेशीने क्रम बढिरहेको तर त्यो इच्छा अधुरै राखेर नेपाल फर्कनु परेको नेपाली परिवेशलाई समेटेर निर्माण गरिएको चलचित्रमा समाजिक, भावनात्मक र सांस्कृतिक पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिभावकीय भूमिका निभाउनु भएका कलाकार खेमजङ गुरूङले बताउनु भयो । उहाँका अनुसार उक्त चलचित्र निर्माणका लागि करिब ३० लाख रूपैंया खर्च लाग्ने अनुमान गरिएको छ । अन्य कलाकारहरूमा चलचित्रका निर्देशक स्वयम खुसबहादुर गुरूङ, विक्रम गुरूङ लगायत हुनुहुन्छ ।
चलचित्रमा गुरूङ समुदायको भाषा, सांस्कार, संस्कृति तथा पहिचान उजागर गर्ने उद्देश्यले निर्माण गरिएको हो । आउँदो भदौ भित्र निर्माण कार्य सम्पन्न गरि वडादशैं र तिहारको अवसरमा चलचित्रको पहिलो प्रिमियर सो लमजुङमै गर्ने तयारी रहेको शोभेच्छा फिल्म प्रा.लि.का सञ्चालकहरूले जानकारी दिनु भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा निर्देशक खुशबहादुर गुरूङ र कलाकार खेमजङ गुरूङ नायक ओमप्रकाश गुरूङ, कलाकार प्रितम गुरुङले छायाकंन परिवेश र कथाको बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो ।
निर्माणाधिन चलचित्र शोभेच्छा फिल्म प्रा.लि.को २४ प्रस्तुति हो ।
पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, पूर्वकेन्द्रीय सदस्य नवीक कुइँकेल र किसान संगीत, प्रदेश सदस्य जनक पौडेल, संस्थापक जिल्ला अध्यक्ष नवराज पहाडी, जिल्ला उपाध्यक्ष बसन्ता भट्टलगायत विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ श्रावण १३, मंगलवार ०९:१२ गते
हजुरको प्रतिक्रिया