रविका पक्षमा जनताको हस्ताक्षर अभियान भोलि (साउन १५ गते) दुराडाँडामा

रविका पक्षमा जनताको हस्ताक्षर अभियान भोलि (साउन १५ गते) दुराडाँडामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १४ गते बुधबार १०:१३

रास्वपाको सुन्दरबजार नगर समितिको नेतृत्वमा जिल्ला संगठन विभागको सहभागिता तथा सहयोगमा उक्त अभियान दुराडाँडामा गरिने भएको नगर सभापति विमल अधिकारीले बताउनु भएको छ ।

उक्त हस्ताक्षर अभियान जिल्ला भर उत्साहवर्द्धक रुपमा सञ्चालन भइरहेको जिल्ला संगठन विभागका प्रमुख वावुराम अधिकारीले बताउनु भएको छ ।

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङले आफ्ना सभापति रवि लामिछानेप्रति सरकारले साधी रहेको राजानीतिक प्रतिशोधका विरुद्धमा सुरु गरेको जनताको हस्ताक्षर संकलन अभियान भोलि लमजुङको ऐतिहासिक थलो दुराडाँडामा सञ्चालन गरिने भएको छ । रास्वपाको सुन्दरबजार नगर समितिको आयोजनामा सो अभियान भोलि अर्थात साउन १५ गते दुराडाँडा गरिने भएको हो ।
रास्वपाको सुन्दरबजार नगर समितिको नेतृत्वमा जिल्ला संगठन विभागको सहभागिता तथा सहयोगमा उक्त अभियान दुराडाँडामा गरिने भएको नगर सभापति विमल अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार सो अभियान विहान ७ः३० बजे खत्रीठाँटीबाट सुरु हुने कार्यक्रम रहेको छ ।
सो अभियानमा रास्वपाका सहभागी हुनुहुने अन्य व्यक्तित्वमा जिल्ला सभापति अशोक सापकोटा, पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, स्टार्ट अफ इभोनेभसन विभाग गण्डकी प्रदेशका प्रमुख गोविन्द गुरुङ, संगठन विभाग गण्डकी प्रदेशका सदस्य काजी दुरा, जिल्ला सचिव एवम् जिल्ला संगठन विभागका प्रमुख वावुराम अधिकारी, जिल्ला र्याट विभागका प्रमुख श्याम केसी, प्रदेश विभागको संगठन विभागका सदस्य सुरेन्द्रलाल श्रेष्ठलगायत सहभागी हुनु हुनेछ ।
उक्त हस्ताक्षर अभियान जिल्ला भर उत्साहवर्द्धक रुपमा सञ्चालन भइरहेको जिल्ला संगठन विभागका प्रमुख वावुराम अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८२ श्रावण १४, बुधबार २२:१३ गते
हजुरको प्रतिक्रिया