राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा जनताको हस्ताक्षर अभियान मध्यनेपाल नगरपालिकामा जारी : फोटो फिचर सहित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा जनताको हस्ताक्षर अभियान मध्यनेपाल नगरपालिकामा जारी : फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन १६ गते शुक्रबार ०९:१६

सो अभियानमा ९५ वर्षीय बयोबृद्ध लिलामणि घिमिरेले समेत ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गर्नु भएको छ । त्यस्तै, शारदादत्त घिमिरे ८७ वर्षीय समेत हुनुहुन्छ ।

सोही वडाका निर्वाचित वडा सदस्य अञ्जु भट्टराईले समेत ऐक्यवद्धता जाउँदै हस्ताक्षर गर्नु भएको छ ।

भोर्लेटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आफ्ना सभापति रवि लामिछानेउपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा सो दलले थालेको जनताको हस्ताक्षर अभियान मध्यनेपाल नगरपालिकामा जारी रहेको छ । रास्वपाको मध्यनेपाल नगरपालिका– ६ को वडा समितिको नेतृत्वमा उक्त कार्यक्रम सोही वडामा साउन १६ गते भएको हो ।
रास्वपाको मध्यनेपाल नगरपालिका समिति– ६ को वडाका सल्लाहकार परिषदका संयोजक सिंहबहादुर गुरुङको नेतृत्वमा सो कार्य भएको हो । रास्वपाका सभापति रवि लामिछानेउपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरुद्धमा मध्यनेपाल नगरपालिका समिति– ६ को वडाको विभिन्न स्थानमा हस्ताक्षर संकलन कार्य भएको हो ।
सो अभियानमा ९५ वर्षीय बयोबृद्ध लिलामणि घिमिरेले समेत ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गर्नु भएको छ । त्यस्तै, हस्ताक्षर गर्नेमा शारदादत्त घिमिरे ८७ वर्षीय समेत हुनुहुन्छ ।
उक्त कार्यमा रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष सहभागिता तथा सहयोग रहेको थियो । आज माविका पूर्वप्रधानाध्यापक रामकृष्ण घिमिरेलेसमेत सो अभियानमा सहमति जनाउँदै हस्ताक्षर गर्नु भएको छ । पूर्वप्रअ घिमिरेले भन्नुभयो, ‘रवि उपर अन्याय भएको छ, उनी दोषी भए पनि छिटो मुद्दा टुंगिनु पर्छ यसरी थुनेर राख्नु हुँदैन भनेर रविका पक्षमा मैले हस्ताक्षर गरेको हुँ ।’
त्यस्तै राप्रपाका मध्यनेपाल क्षेत्रमा एक्लो बृहस्पति जस्ता वयोबृद्ध नेता ८५ वर्षीय टेकनाथ अधिकारीले पनि हस्ताक्षर संकलन अभियानमा ऐक्यवद्धना जनाउँदै दस्तखत गर्नु भएको छ । अधिकारी भन्नुहुन्छ, ‘राष्ट्रघातीका लागि सजाय हुनुपर्छ भनेर हस्ताक्षर गरेको हुँ ।’

आजको हस्ताक्षर अभियानमा सहयोग गर्नुहुनेमा वडाका सहयोगीहरूमा श्रीप्रसाद पौडेल, सीता पराजुली, राधाकृष्ण घिमिरे, ताराशाली घिमिरे, तुलबहादुर नेपालीले विशेष सहयोग गर्नु भएको थियो भने वडानं– ५ का विष्णु पराजुली, मदन गिरी, रास्वापाको पूर्ववडा संयोजक रमेश श्रेष्ठ  तथा अन्य सहयोगीहरूमा विकाश कुँवर, कृष्णमणि लामिछाने, इन्द्रविलास कोइराला आदि हुनुहुन्थ्यो । यसैगरी, सोही वडाका  सदस्य अञ्जु भट्टराईले समेत ऐक्यवद्धता जाउँदै हस्ताक्षर कार्यमा सहयोग गर्नु भएको छ । हस्ताक्षरअभियानमा सहयोग गर्नेमा मणिराम खड्का समेत हुनुहुन्थ्यो ।
आज रास्वपाको उक्त वडा समितिले सो वडाको पाखुरी चोक, भोर्लेटार इलाका प्रहरी कार्यालय चोक, रानीपानी चोक जस्ता स्थानमा बसेर हस्ताक्षर संकलन कार्य गरेको हो ।
आजको अभियानका क्रममा २३० जनाको हस्ताक्षर संकलन भएको सो कार्यको नेतृत्व गर्नु हुने उक्त वडाका सल्लाहकार परिषदका संयोजक सिंहबहादुर गुरुङले जानकारी दिनु भएको छ ।

उक्त हस्ताक्षर संलकन कार्यको फोटो फिचर सहित :

प्रकाशित मिति २०८२ श्रावण १६, शुक्रबार २१:१६ गते
हजुरको प्रतिक्रिया