चक्रे मिलनसहित १९ जनालाई अनुसन्धानका लागि जिल्ला प्रशासनको सात दिनको म्याद

चक्रे मिलनसहित १९ जनालाई अनुसन्धानका लागि जिल्ला प्रशासनको सात दिनको म्याद

एजेन्सी

@antaranganews

२०८२ साउन १७ गते शनिवार ०४:०३

पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।

चक्रेमिलन समूहको युवाबाट प्रहरीले पेपर स्प्रे र खुकुरी बरामद गरेको थियो ।

काठमाडौं– महाराजगञ्जको एक होटलबाट पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको अनुमति दिएको छ । गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साउन १६ गते अनुमति दिएको हो ।
राति महाराजगञ्जको होटलबाट ४७ जना पक्राउ परे पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको काठमाडौंका एसपी कुलदिप चन्दले बताउनुभयो । उहाँका अनुसार चक्रे मिलनसहित १९ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिनेछ र केही पक्राउ परेका होटलका ग्राहक तथा असंलग्न व्यक्ति पनि रहेका छन् ।
सो राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
काठमाडौंका एसपी कुलदिप चन्दले भन्नुभयो, ‘पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।’ उहाँका अनुसार, म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन् ।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको हो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहकसमेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ । एसपी चन्दले भन्नुभयो, एसपी चन्दले भने । ‘विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो ।’
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा समातिएकामध्ये उनीहरूलाई छाडिएको एसपी कुलदिप चन्दले बताउनुभयो । उहाँका अनुसार, चक्रे मिलनसहित १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा थप अनुसन्धानका लागि म्याद लिएको हो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।
अन्यलाई हाजिरी जमानीमा छोडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी टेक तामाङले बताउनु भयो । उहाँका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेशकुमार बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीसँग छलफल गरी अनुसन्धानका लागि म्याद थप गर्ने निर्णय भएको हो ।
चक्रे मिलनले आफ्नो बर्थडे सेलिब्रेसनको नाममा केही दिनदेखि आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको हो ।
बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले साउन १५ गते चक्रे मिलनको समूहलाई खोजी गरेको थियो । महाराजगन्जको साम्बाला होटलमा बर्थ–डे सेलिब्रेसन गरिरहेको थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली राति साढे ११ बजे त्यहाँ पुगेको थियो । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोली पुगेर होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीहरूको गाडी तलासी लिँदा दुई वटा खुकुरी, एउटा पेपर स्प्रे र एउटा रड समेत फेला परेको थियो । पपेर स्प्रे आत्मरक्षाका लागि प्रयोग हुनेगर्छ । पेपर स्प्रे अनुहारमा प्रहार गर्दा आँखा देख्न सकिँदैन ।
चक्रेमिलनको जन्मदिनको पार्टी गर्न होटेल साम्बालामा उनीहरू लावालस्करसहित होटेल पुगेका थिए । होटेलको भिल्ला (छत)मा समेत ‘उदण्ड क्रियाकलाप’ गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मध्यरातमा चक्रे मिलनलाई समात्न प्रहरीले ‘सर्च अपरेसन’ चलाएको थियो ।
विभिन्न सूचना संकलन गर्दै कार्यालयले चक्रे मिलनको टोली महाराजगन्जस्थित साम्बाला होटलमा रहेको सूचना पायो । राति ११ः ४० बजे होटलमा चक्रे मिलनकै टोली रहेको पुष्टि भयो । त्यसबारे उनीहरूले एसएसपी बस्नेतलाई जानकारी गराए ।
प्रहरी त्यहाँ पुग्दा चक्रेसहितको समूह आफ्नै सुरमा बर्थडे मनाइरहेका थिए । प्रहरीलाई देखेर उनीहरू पनि एकछिन ‘चकित’ परे । त्यहाँ बसिरहेकामध्ये एक जनाले आएर प्रहरीसँग सोधेका थिए, ‘केही थियो सर ?’ प्रहरी पुगेर जन्मदिनको मनाउने कार्यक्रम बिथोलेको भनेर समूहका कतिपयले आपत्ति जनाएका थिए ।
‘वर्षमा एकचोटी आउने बर्थडे पनि मनाउन नपाउने हो र,’ समूहमा रहेका एक युवाले प्रहरीलाई प्रश्न गरेका थिए ।

प्रकाशित मिति २०८२ श्रावण १७, शनिबार १६:०३ गते
हजुरको प्रतिक्रिया