
ओस्लो(नर्वे)– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नर्वेमा सम्पन्न नवौं अधिवेशनबाट लमजुङे चेली सम्झाना वाग्ले (घिमिरे) महिला उपाध्यक्ष निर्वाचित हुनु भएको छ । नर्वेको राजधानी ओस्लोमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा श्रद्धासिंह थापा निर्वाचित गरेको छ ।
सो महाधिवेसनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै देवभक्त श्रेष्ठलाई उपाध्यक्षमा चुनेको छ भने महिला उपाध्यक्ष लमजुङे चेली सम्झाना वाग्ले (घिमिरे) निर्वाचित हुनु भएको छ ।
यसैगरी, सो अधिवेशनले महासचिवनमा पशुपतिप्रसाद भण्डारी, कोषाध्यक्षमा सागर घिसिङ र सहकोषध्यक्षमा रीता परियारलाई चुनेको छ । केन्द्रीय परिषद सदस्यमा ईश्वरीप्रसाद खनाल, युवा संयोजकमा प्रदीप शर्मा, सदस्यहरुमा चन्दा शाह, अर्जुन पाण्डे, मनिषा अधिकारी, मनिता मिश्र, रुपेश श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष थापाले यस जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभइको थियो । नवनिर्वाचित उपाध्यक्ष देवभक्त श्रेष्ठले संघले नर्वेमा रहेका नेपालीहरूलाई आइपर्ने विविध समस्या समाधानको लागि समर्पित भएर सक्रिय भूमिका खेल्ने आफूहरू लागि पर्ने उहाँले उल्लेख गर्नुभयो ।
यसैगरी, महाधिवेशनलाई सम्वोधन गर्दै निर्वाचित महिला उपाध्यक्ष घिमिरेले आगामी दिनमा संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो महाधिवेशनमा विभिन्न क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका एनआरएन पदाधिकारी, समाजसेवी, नर्वेमा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसायसँग आवद्ध भएका महानुभावहरूको उल्लेखनीय उपस्थिति थियो ।
निर्वाचन सम्पन्न भएपछि विजय र्याली समेत निकालिएको थियो ।
नर्वेमा बसोबास गर्दै आएका लाखौंको संख्यामा नेपालीहरूको हकहित, सेवा, समन्वय र समस्यामा गैरआवासीय नेपाल संघ क्रियाशील रहँदै आएको छ ।
सो अधिवेशन उक्त समितिका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको हो ।
प्रकाशित मिति २०८२ श्रावण १७, शनिबार १७:५२ गते