रास्वपा र राप्रपाको प्रतिनिधि सभामा आफ्ना कुरा भन्ने र बैठकबाट बाहिरिने क्रम जारी

रास्वपा र राप्रपाको प्रतिनिधि सभामा आफ्ना कुरा भन्ने र बैठकबाट बाहिरिने क्रम जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २० गते मङ्गलबार १०:५३

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले सदन बहिष्कार गरिरहेका हुन् । उनीहरूले सरकारले बनाएको छानबिन समितिलाई स्विकार गरेका छैनन् । त्यो प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग उनीहरूले राख्दै आएका छन् ।

रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने क्रम शुरु भएको साउन १९ गते ७० औं दिन हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने क्रम जारी रहेको छ । उनीहरूले बैठकमा आफ्ना कुरा अर्थात माग राख्ने र बैठकबाट बाहिरिने क्रम साउन १९ गते अर्थात ७० औं दिन पनि जारी रह्यो ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ उनीहरूले उठेर विरोध जनाउँछन््, सभामुखले समय दिए आफ्ना कुरा राख्छन्, समय नदिई सभामुखले बैठक अघि बढाउन खोजेमा उनीहरू बैठक कक्षबाट बाहिरिने गर्दछन् । त्यो क्रम हिजो पनि जारी रह्यो । आज पनि त्यो क्रम सायद दोहारिने छ ।
हिजोको बैठकमा सभामुख देवराज घिमिरेले रास्वपा र राप्रपालाई बोल्नका लागि समय दिनु भएको थियो । रास्वपाबाट अशीम शाह बोल्नु भएको थियो भने राप्रपाबाट धुव्रबहादुर प्रधानले आफ्ना धारणा राख्नु भएको थियो ।
उनीहरू दुवैले बोली सकेपछि दुवै दलका सांसदहरूले बैठक बहिष्कार गरेर बैठक कक्षबाट बाहिर निस्किनु भएको हो । भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले सदन बहिष्कार गरिरहेका हुन् । उनीहरूले सरकारले बनाएको छानबिन समितिलाई स्विकार गरेका छैनन् । त्यो प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग उनीहरूले राख्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने क्रम शुरु भएको साउन १९ गते ७० औं दिन हो ।

प्रकाशित मिति २०८२ श्रावण २०, मंगलवार १०:५३ गते
हजुरको प्रतिक्रिया