
बेसीशहर– ठाडोभाका लोककला प्रतिठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ बेलायत प्रस्तान गर्नु भएको छ । उहाँ त्यहाँ आयोजना भइरहेका विभिन्न कार्यक्रममा भाग लिनका लागि एक महिने कार्यक्रमका साथ साउन २९ गते बिहान पोखराबाट प्रस्तान गर्नु भएको हो । उहाँ आजै साँझ काठमाडौंबाट बेलायतका लागि उड्नु हुने कार्यक्रम छ ।
बेलायतमा आयोजना भएको अन्तराष्ट्रिय आदिवासी जनजाति दुई दिने महोत्सवमा भाग लिनका लागि उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । सो कार्यक्रम यही अगष्ट ९ र १० तारिख अर्थात साउन २४ र २५ गते हुँदैछ ।
यसैगरी, अगष्ट २५ अर्थात आउँदो भदौ ९ गने बेलायतको ब्रह्मकोटमा आयोजना गरिएको ‘नेपाली मेला’मा समेत उहाँले भाग लिनु हुनेछ । त्यो मेला पनि दुई दिसम्म सञ्चालन हुने कार्यक्रम रहेको आयोजकको भनाइ छ ।
उक्त एक महिने अवधिमा उहाँ फ्रान्समा समेत पुग्ने कार्यक्रम रहेको छ । बीचमा उहाँ खाली रहनु हुने समयमा इच्छुकहरूलाई ठाडोभाकाको प्रशिक्षण समेत दिनु हुने कार्यक्रम रहेको बुझिएको छ ।
उहाँको भीसा ढिला हुनाले अगष्ट २ तारिक अर्थात साउन १७ गते बेलायतमा आयोजना भएको ं‘दुरा सम्मेलन’मा भने उहाँले भाग लिन पाउनु भएन । उहाँका साथमा निमन्त्रणा पाएका अन्य गायक गायिकाको भिसा अझै नआएको बुझिएको छ । त्यसैले यतिबेलाको भ्रमणमा ठाडोभाका लोककला प्रतिठान नेपालका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ बेलायतका लागि एक्लै प्रस्तान गर्नु हुने भएको छ ।
बेलायतमा रहेका ठाडोभाकाका गायिकाहरूले उहाँसँग गीत गाउने भएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८२ श्रावण २२, बिहीबार १०:३५ गते