रास्वपाका उम्मेदवारले कांग्रेस–एमालेसहित ४ दलको गठबन्धनसँग एक्लै भिडेर झण्डै दोब्बर मत अन्तरले विजयी

रास्वपाका उम्मेदवारले कांग्रेस–एमालेसहित ४ दलको गठबन्धनसँग एक्लै भिडेर झण्डै दोब्बर मत अन्तरले विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २२ गते बिहिबार ०२:३२

निर्वाचित अध्यक्ष सापकोटाले ५ सय २ मत प्राप्त गर्नु भएको छ भने २ सय ३३ मत फरक अन्तरबाट बिजयी हुनु भएको हो । १ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको निर्वाचन समिति संयोजक दिलिप कोइरालाले जानकारी दिनुभयो ।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो ।

चन्द्रपुर(रौटहट)– चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदयनारायण सापकोटा अत्यधिक मतले निर्वाचित हुनु भएको छ । उहाँले सत्तारुढ सहितको चार दलीय गठबन्धनलाई पराजित गर्दै साउन २२ गते विजयी हुनुभएको हो ।
रास्वपा निकट सापकोटा अध्यक्ष उम्मेदवार सापकोटाले सो निर्वाचन क्षेत्र पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरूको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस–एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै मा निर्वाचित हुनु भएको हो ।
निर्वाचित अध्यक्ष सापकोटाले ५ सय २ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गर्नु भयो । सापकोटा झण्डै दोब्बर मतान्तरले विजयी हुनु भएको हो । २ सय ३३ मत फरक अन्तर बाट सापकोटा बिजयी हुनु भएको हो । १ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको निर्वाचन समिति संयोजक दिलिप कोइरालाले जानकारी दिनुभयो ।
रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो ।
बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र व्यवसायीको हितमा सदैव क्रियाशील रहने बताउनु भयो । सो निर्वाचनमा अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए ।
हिजो बिहानैदेखि संघको आफ्नै भवनमा सुरु भएको मतदान प्रक्रियामा व्यवसायी मतदाताहरू उत्साहपूर्वक सहभागी भएका थिए ।
संघको नयाँ नेतृत्वबाट व्यवसायीहरूले व्यावसायिक वातावरणमा सुधार, सरकारी निकायहरूसँग समन्वय, र समावेशी तथा उत्तरदायी नेतृत्वको अपेक्षा गरेका थिए ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नेतृत्वका लागि साउन १७ गते भएको २८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनको सन्दर्भमा निर्वाचन भएको हो ।
सुस्पष्ट वक्ता, दूरदर्शी दृष्टिकोण, राजनीतिक तथा प्रशासनिक तहसँगको समन्वय र उद्यमशीलता प्रवद्र्धनमा अग्रसर सापकोटालाई स्थानीय व्यापारीहरूले ‘भिजनरी लिडर’का रूपमा लिएका छन् ।
आलोचना बढेपछि निर्वाचन तोकियो :
नयाँ कार्यसमिति चयनका लागि ओझेलमा परेको भन्दै आलोचना बढेको बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन तोकिएको हो । समयमा हुन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति २०८२ श्रावण २२, बिहीबार १४:३२ गते
हजुरको प्रतिक्रिया