नगरपालिका रारुन्न पारेर प्रमुख प्रशासकीय अधिकृत घर्ती कर्मचारी टोली बोकेर जनैपूर्णिमामा दूधपोखरी भ्रमणमा

नगरपालिका रारुन्न पारेर प्रमुख प्रशासकीय अधिकृत घर्ती कर्मचारी टोली बोकेर जनैपूर्णिमामा दूधपोखरी भ्रमणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २५ गते आईतबार ०७:०५

म पनि दिउँसो एक बजेतिर कार्यालय पुगेको थिएँ, ‘बेहुली अन्माएको घर’ जस्तो थियो सोही नगरपालिका– १० का वडाध्यक्ष दिपक ढकालले बताउनु भयो ।

कर्मचारीको भ्रमण दललाई ठेकेदार दिपेन्द्र न्यौपानेले प्रायोजन गरेका भन्ने स्रोतको दावी छ ।

सुन्दरबजार(लमजुङ)– बेथिति, व्यविचार तथा कुशासनको पर्यायका रुपमा चिनिदै आएको लमजुङको सुन्दरबजार नगरपालिकामा आज फेरि अर्को शृंखला थपिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती कर्मचारीको दलबलसहित जनैपूर्णिमा मान्नका लागि लमजुङ र गोरखा सीमा क्षेत्रमा रहेको दूधपोखरी भ्रमणमा गएको हुँदा साउन २५ गते कार्यालयमा रारुन्न भएसँगै त्यस्तो खुलासा भएको हो ।
फोटोमा कर्मचारीको भ्रमण टोली :
कर्मचारीको भ्रमण दललाई ठेकेदार दिपेन्द्र न्यौपानेले प्रायोजन गरेका भन्ने स्रोतको दावी छ । ठेकेदार न्यौपाने पूर्वाधार निर्माको काम गर्नु हुन्छ । यसपटक नगरपालिकाबाट उहाँले राम्रै कमाई गर्ने भएको कथनले सुन्दरबाजरको चियापसलदेखि चोक चौतारा चौतर्फ गुञ्जिरहेको छ ।
वडानं– ६ का सेवाग्राही सुरेन्द्र पौडेल आज दिउँसो कार्यालयमा पुग्नु हुँदा शिक्षा शाखाका प्रमुख बाहेक कोही थिएन, मेयरसँग त भेट भयो उहाँले सुनाउनु भयो ।

उहाँका अनुसार गाउँ पुरानोडिही जाने बाटो भत्किएको हुँदा त्यसको लागि सहयोग माग्न गएको थिएँ, मेयर, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक आदि सबै राखेर कुरा गर्ने सोचले गएको तर काम भएन । मेयरसँग एक क्षण गफ्फिएर फर्के । उहाँले भन्नु भयो, ‘कार्यालयको काम नै ठप्प हुने गरी त कर्मचारी नहिनु पर्ने हो ? तर यस्तै छ ।’ उहाँका अनुसार नगरपालिकामा गएको ३, ४ दिनदेखि यस्तै अवस्था छ भन्ने सुनियो ।
यसैगरी, म पनि दिउँसो एक बजेतिर कार्यालय पुगेको थिएँ, ‘बेहुली अन्माएको घर’ जस्तो थियो सोही नगरपालिका– १० का वडाध्यक्ष दिपक ढकालले बताउनु भयो । उहाँले त्यसबारेमा थप बताउन चाहनु भएन । ‘बुझ्नेलाई ईसारा काफी हुन्छ भन्छन्, ‘बेहुली अन्माएको घर’ भने पछि पुगेन र ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

कार्यालय प्रमुख घर्ती नेतृत्वको भ्रमणदलका अन्य कर्मचारी सदस्यहरूमा सूचना प्रबिधि अधिकृत सुजन मिश्र, योजना शाखा प्रमुख सूचना अधिकारी ऋषिराम पौडेल, ईन्जिनियर अतित खनाल, रोजगार सेवा केन्द्र प्रमुख पर्जुन सापकोटा, रोजगार सेवा केन्द्र प्रमुख पर्जुन सापकोटा, प्रविधिक विकास सेढाई, अमिन सुशन न्यौपाने, सहायक कम्प्युटर अपरेटर विपना अधिकारी र कर्मचारी मिना पाण्डे भएको जानकारीमा आएको छ ।
उनीहरू त घुम्न गए, विदा पनि लिएका छन् होला सायद ! आश्चर्य के भने तिनीहरू बाहेकका कर्मचारी पनि यो समयमा कार्यालयमा उपस्थित थिएनन्, लेखा प्राविधिक फाँटका कर्मचारीहरू घुम्न गएका बाहेक कोही कार्यकक्षमा देखिदैनथे । त्यस्तै, प्रशासन शाखा प्रमुख विवेक पण्डित पनि धेरै दिन पनि आज कार्यालय आएको देखिन्थ्यो प्रत्यक्षदर्शीले भने ।
यसबारेमा बुझ्न मेयर तथा नगरपालिकाका नि. प्रमुखसँग सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन । सुन्दरबजार नगरपालिकामा दिउँसो १२ः०५ बजे हाम्रा प्रतिनिधिले नगरपालिकाको विभिन्न कक्षमा लिइएका फोटाहरू :

प्रकाशित मिति २०८२ श्रावण २५, आईतवार १९:०५ गते
हजुरको प्रतिक्रिया