ईशानेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार भक्तजनहरूको ओइरो

ईशानेश्वर महादेव मन्दिरमा साउनको अन्तिम सोमबार भक्तजनहरूको ओइरो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २६ गते सोमबार १०:२८

साउनको अन्तिम सोमबार सो मेलाको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई आज सम्मान गरिएको हो ।

दानबाट दुई लाख २३ हजार ३ सय २४ रुपैयाँ संकलन भएको थियो भने समापनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

करापुटार(लमजुङ)– महादेवको महिना साउनको आन्तिम सोमबार र्ईशानेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनहरूको ओइरो लाग्यो । झमझम पानी बर्षिरहदा पनि भक्तजहरूको उक्त मन्दिरमा साउन २६ गते आइरो लागेको हो ।
निरन्तर झरी परेको भए पनि दोस्रो पशुपतिको रुप पुजिने ईशानेश्वर महादेव मन्दिरमा श्रद्दालु भक्तजनहरू त्यसको पर्वाह नगरी रुझ्दै भिज्दै दर्शनार्थीको लाइनमा देखिन्थे भने कोही छाता ओढेरै लामबद्द रहेर आफ्नो पालो पर्खाईमा देखिन्थ्यो । पुजा आराधानाका साथ शिवको भजन कृतन गाउदै नाच्न रमाउन तल्लिन थिए भने श्रद्दालु भक्तजनहरूले मन्दिरमा दान पनि राम्रै गरेको आयोजकको भनाइ छ । सो अवसरमा श्रद्दालु भक्तजहरूबाट दुई लाख २३ हजार तीन सय २४ रुपैया दान संकलन भएको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भयो ।
सञ्चारकर्मी सहित विभिन्न व्यक्तित्वलाई सम्मान :
साउनको अन्तिम सोमबार सो मेलाको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई आज सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा पत्रकार सुरज गुरुङ, गणेश मुर्तिदाता दशारदाप्रसाद घिमिरे तथा प्रसाद प्रवन्ध गर्नु हुने पूर्णचन्द्र पोखरेललगायत हुनुहुन्छ ।
साउन महिनाका सबै सोमबारका दिन प्रचार प्रसारको विशेष एवम् अहम् भूमिका निभाएको भन्दै राष्ट्रिय समाचार समितिका लमजुङ संबाददाता, प्रेस चौतारी लमजुङका अध्यक्ष तथा साराङ्गी न्युजका सञ्चालन सुरज गुरुङलाई खदा, माला र सम्मान पत्र सहित आयोजक ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले सम्मान गरिएको थियो ।
सम्मानित हुनुहुनेमा मध्यनेपाल– ७ का हाल ब्यास नगरपालिका दमौली बस्ने दशारदाप्रसाद घिमिरेले गणेशको मुर्ति क्षेत्र विकास् समितिलाई प्रदान गर्नु भयो । सो मूर्तिको प्रचलित मूल्य ६० हजार मुल्यको रहेको बताइएको छ । सोही पुण्य कामका लागि उहाँलाई क्षेत्र विकास् समितिले धन्यवाद सहित सम्मान पत्र सहित सम्मन् गर्यो ।
यसैगरी, भक्तजनहरूका लागि हरेक सोमबारमा निःशुल्क पानी, चिया, प्रसाद वितरणको प्रवन्ध गरिएको थियो । त्यसमा भक्तजनहरूले आफ्ना पितृको नाममा सहयोग गर्दै आएका थिए । आज मध्यनेपाल नगरपालिका– ७ निवासी निर्माण ब्यवसायी एवम् ईशानेश्वर महदेव क्षेत्र विकास समितिका सल्लाहाकार पूर्णचन्द्र पोखरेलले ६२ हजार् ५ सय रुपैयाँ बराबरको प्रसाद वितरण गर्नु भएको जानकारीमा आएको छ । उक्त पुण्यकामको कदर गर्दै पोख्रेललाई पनि क्षेत्र विकास समितिले सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै, भक्तजनहरूका लागि २० कार्टुन पिउने पानि उपलब्ध गरौनु हुने मध्यनेपाल– ७ का बिष्णुकुमार् श्रेष्ठ र रुबिता श्रेष्ठलाई पनि सम्मान् पत्र सहित् सम्मान् गरिएको थियो भने सो अवसरमा करापु तमु समाजले निःशुल्क चियाको प्रवन्ध गरेको थियो ।

प्रकाशित मिति २०८२ श्रावण २६, सोमबार २२:२८ गते
हजुरको प्रतिक्रिया