आज ट्होटे पर्व : क्व्होलासोथार गाउँपालिकामा सार्वजनिक बिदा

आज ट्होटे पर्व : क्व्होलासोथार गाउँपालिकामा सार्वजनिक बिदा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २७ गते मङ्गलबार ११:०९

यो पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले क्व्होलासोथार गाउँपालिकास्तरमा विदा दिएको उक्त गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनु भयो ।

गुरुङ समुदायले हरेक वर्ष साउन र चैत्र महिनाको अन्तिम मंगलबार परम्परागत रूपमा ट्होटे पर्व धुमधामका साथ मनाउने प्रचलन रहेको छ ।

मालिङ(लमजुङ)– गुरुङ समुदाय आज ट्होटे पर्व हो । त्यसैले क्व्होलासोथार गाउँपालिकाले आफ्नो कार्यालय क्षेत्रमा सार्वजनिक बिदा घोषणा गरेको छ । साउन महिनाको अन्तिम मंगलबार मनाइने सो पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार आज साउन २७ गते विदा दिएको हो ।
गण्डकी प्रदेशीय गुरुङ समुदायले हरेक वर्ष साउन र चैत्र महिनाको अन्तिम मंगलबार परम्परागत रूपमा ट्होटे पर्व धुमधामका साथ मनाउने प्रचलन रहेको छ । त्यही पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले क्व्होलासोथार गाउँपालिकास्तरमा विदा दिएको उक्त गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनु भयो । उहाँका अनुसार, गाउँपालिकाको तर्फबाट देश–विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायका सदस्यहरूलाई यस पर्वको पावन अवसरमा शुभकामना समेत व्यक्त गर्दछौं ।
सो पर्वको अवसरमा गाउँपालिकाका सबै आन्तरिक कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य संघ–संस्था बन्द रहने सो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्र घले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८२ श्रावण २७, मंगलवार ११:०९ गते
हजुरको प्रतिक्रिया