काशी जान कुति हिडेका मुकुल ढकाललाई सर्वोच्चले दियो स्यावासी

काशी जान कुति हिडेका मुकुल ढकाललाई सर्वोच्चले दियो स्यावासी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २७ गते मङ्गलबार ०९:३३

ढकालले गत असार ११ गते रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाउँदै आफू रास्वपामा महामन्त्री कायमै रहेको दाबी गरेका थिए ।

पार्टीका सभापति रवि लामिछानेका विरुद्धसमेत विष वमन गर्र्र्दै ‘पार्टीमा म नै सबै थोक हुँ ।’ भन्ने शैलीमा चलेका उनको पक्षमा एक जना पनि केन्द्रीय सदस्य देखिएनन् ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकाल– जो काशी जान भन्दै कुतितर्फ हिडेका थिए– लाई सर्वोच्चले स्यावासी दिएको छ । पार्टीको विधिविधान मिच्दै, पार्टीका समान पदका नेता तथा कार्यकर्ताको भावना कुल्चदै आएका उनको दावी रुपि रिट निवेदन सर्वोच्च अदालतले साउन २७ गते खारेज गरेर स्यावासी दिएको हो ।
पार्टीका सभापति रवि लामिछानेका विरुद्धसमेत विष वमन गर्र्र्दै ‘पार्टीमा म नै सबै थोक हुँ ।’ भन्ने शैलीमा चलेका उनको रिटमा न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको इजलासले सुनुवाई गर्दै खारेज गरेको हो । ढकाल पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै रिट दायर गरेका थिए ।
ढकालले गत असार ११ गते रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाउँदै आफू रास्वपामा महामन्त्री कायमै रहेको दाबी गरेका थिए ।
२०८१ भदौमा बसेको सचिवालय बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उनउपर सो कारवाही भइरहदा उनको पक्षमा एक जना पनि केन्द्रीय सदस्य देखिएका थिएनन् । त्यसको विवरण भने आयोगमा अद्यावधिक नभएको स्थितिको फाइदा उठाउँदै उनी रिट बोकेर सर्वोच्च गएका थिए । तर उनको त्यस्तो कार्र्य थाहा पाउने धेरैले ढकालले काशी जान कुति हिडेको रुपमा लिदै व्यख्या गरेका थिए ।
ऐले मुकुल ढकालको सो रिट खारेज भएपछि सर्वोच्चले उनलाई स्यावासी दिएको रुपमा उनीहरूले व्याख्या गरेका छन् ।
पार्टीले कारबाही गरे पनि निर्वाचन आयोगले ढकाललाई महामन्त्री पदमा रहेको पत्र दिएसँगै उनी पदमा यथावत रहन पाउँ भन्दै सर्वोच्च पुगेका थिए । निर्वाचन आयोगले मुकुल ढकाललाई नै महामन्त्री कायम गरेको सार्वजनिक भएपछि रास्वपाले यसबारे आयोगको ध्यानाकर्षण गराएको थियो । त्यसपछि रास्वपाको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई असार ७ गते महामन्त्रीको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति २०८२ श्रावण २७, मंगलवार २१:३३ गते
हजुरको प्रतिक्रिया