
ललितपुर– अन्ततः रास्वपाका सभापति रवि लामिछानेलाई ल्याइयो नख्खु कारागार ल्याइएको छ । यस्तो निर्णय धेरै अघि भएको भएता पनि राजनीतिक प्रतिशोध साधिरहेको सरकारले यसअघि भने टेरेको थिएन । भैरहवा कारागारबाट अड्डासार गरेर ललितपुरको नख्खु कारागारमा साउन ३१ गते ल्याइएको हो ।
सभापति रविले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिनु भएको थियो । अदालतले जेठ १६ गते अनुमति दिएको थियो । तर, उहाँको अड्डासार कार्य थप दुःख दिने नियतले हुन सकेको थिएन । केही दिन अघि मानवअधिकार आयोगको टोली उहाँलाई भेट्न पुगेसँगै सरकारले पुनः सो निर्णय गरेको हो । त्यसमा यसपटक गृह प्रशासनले उहाँलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो । रविको भैरहवा कारागारामा १२६ दिनको बसाई भएको छ । उहाँलाई गत चैत २२ गतेदेखि थुनामा राखिएको हो ।
कारागारको आन्तरिक प्रशासनले यहाँ स्थित ‘सीआरसी’ ब्लकमा राखिएको बताएको छ । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राखिएको छ । नख्खु कारागारका एक अधिकारीले भने, ‘अरु कैदीबन्दीलाई झैं उहाँले पनि सुविधा पाउनुहुन्छ । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित छ ।’
बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार पु¥याइएको हो ।
सभापति रविलाई ललितपुरको नख्खु कारागारमा पु¥याउँदा उहाँको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेताहरू पुगेका थिए भने समर्थकहरूको भीड लागेको थियो । उनीहरूले रविका पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरेका थिए ।
‘पूरै नेपाल मेरो घर हो, मंगल ग्रह लगे पनि डर छैन’ : रविको उदघोष
रास्वपाका प्रवक्ता मनिष झाले फेसबुक वालमा लेख्नु भएकोछ,– आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि ! पार्टी सभापतिज्यूलाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तरण गरिँदै छ, प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए ।
‘एकछिन भेट्न पाइन्छ कि ! भनेर भैरहवा कारागारमै पुगेँ, साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो । कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो ।’
विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ, निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्लेलाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो ।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरण कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन ।
काठमाडौँ जानुहुँदैछ, के सोच्दै हुनुहुन्छ ? उहाँले भन्नुभयो, ‘पुरै नेपाल मेरो घर हो, सबै नेपाली आफन्त हुन, सबैसँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ ।’
‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगल ग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो, जसरी सक्छन् जता सक्छन् लग्न देऊ, केही फरक पर्दैन ।’ सभापति रविको भनाई उद्धृत गर्दै झाले लेख्नु भएको छ । उहाँका अनुसार सभापति रविले ‘भैरहवाका आमा–बुवा, दाजुभाइ–दिदीबहिनीप्रति म कृतज्ञ छु । सुरक्षाकर्मी र कारागार प्रशासनले गरेको व्यवस्थापनप्रति पनि आभारी छु ।’ भन्नु भएको छ भने उहाँले भन्नुभयो, ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु, अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’
सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध ग¥यो, ‘अब काठमाडौँमा भेटौला है’ भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको यूए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ ।
प्रकाशित मिति २०८२ श्रावण ३१, शनिबार २१:१९ गते