दोर्दी खोलामा पौडी खेल्न गएका १९ वर्षीय युवक बेपत्ता

दोर्दी खोलामा पौडी खेल्न गएका १९ वर्षीय युवक बेपत्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २ गते सोमबार ०७:३९

सो खबर आउनासाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली उनको उद्दारमा खटिएको छ । तर आज साँझ परेको हुँदा अब भोलि ३ गते बिहान सबेरैदेखि उनको खोजी कार्य जारी राख्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक साह तेलीले बताउनु भयो ।

दोर्दी गाउँपालिका– ३ बौसे स्थित दोर्दी खोला किनारमा पौडी खेल्न गएका १९ वर्षीय युवक उत्तरकुमार प्रजा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

नौथर(लमजुङ)– लमजुङको पूर्वी क्षेत्रमा रहेको दोर्दी खोलामा पौडी खेल्न गएका एक १९ वर्षीय युवक बेपत्ता भएका छन् । जिल्लाको दोर्दी गाउँपालिका– ३ बौसे स्थित दोर्दी खोला किनारमा पौडी खेल्न गएका १९ वर्षीय युवक उत्तरकुमार प्रजा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले भदौ २ गते जनाएको छ ।
उनी सोही स्थानमा रहेको उत्तर देवी कृषि तथा पशु फर्ममा काम गर्दथे । चितवनको कालिका नगरपालिका– १० मा स्थायी बसोबार रहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनु भयो । उहाँका अनुसार बर्ष १९ का उत्तरकुमार प्रजा सोही स्थानको दोर्दी खोला किनारमा पौडी खेल्ने क्रममा प्रजा आज दिउँसो करिब २ बजेतिर डुबेछन् र खोलाले बगाई बेपत्ता बनाएको भन्ने खबर आएको हो । उहाँले भन्नुभयो ‘सो खबर जिल्ला प्रहरी कार्यालयमा आउनासाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली उनको उद्दारमा खटिएको छ ।’ ती युवकको स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो तर आज साँझ परेको हुँदा अब भोलि ३ गते बिहान सबेरैदेखि उनको खोजी कार्य जारी राख्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक साह तेलीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र २, सोमबार १९:३९ गते
हजुरको प्रतिक्रिया