सूर्य गुरुङको सहयोगले आमा छोराको ज्यान जोगियो

सूर्य गुरुङको सहयोगले आमा छोराको ज्यान जोगियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ ५ गते बिहिबार १०:०५

मालिङ(लमजुङ)– क्व्होलासोथार गाउँपालिका– ४ को भुजुङ गाउँकी सुस्मिता गुरुङलाई सुत्केरी बेथाले च्यापेर जटिल स्वास्थ्य अवस्थामा पुगे पछि गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङको सहयोगले उहाँ र अहाँ र नवजात शिशुको ज्यान भदौ १ गते जोगीएको...

मालिङ(लमजुङ)– क्व्होलासोथार गाउँपालिका– ४ को भुजुङ गाउँकी सुस्मिता गुरुङलाई सुत्केरी बेथाले च्यापेर जटिल स्वास्थ्य अवस्थामा पुगे पछि गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङको सहयोगले उहाँ र अहाँ र नवजात शिशुको ज्यान भदौ १ गते जोगीएको हो ।
भदौ एक गते अध्यक्ष गुरूङले सुस्मितालाई आफ्नो गाडीमा राखेर समयमै उपचार गर्न सहयोग गर्नु भएको कारण ती आमा र नवजात शिशुको ज्यान जोगिएको छ । सुस्मिता स्वास्थ्य लाभ भइ अबको एक दुई दिनमा डिस्चार्ज हुने उहाँको परिवार स्रोतले जानकारी दिएको छ ।
गाउँमा एम्बुलेन्सको सेवा उपलब्ध नभएपछि अध्यक्ष गुरूङले साउन ३१ गते देखि सुत्केरी व्यथा लागेको उहाँलई गाउँ स्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन ल्याइएको थियो । तर सुस्मिताको शल्यक्रिया गर्नु पर्ने स्थिति बन्यो, स्वास्थ्य चौकीमा स्रोतसाधन अभाव हुँदा शल्यक्रिया सम्भव भएन । तत्कालै सोही वडाका अध्यक्ष नारायण गुरुङले पालिकाका अध्यक्ष सूर्य गुरुङलाई फोन गरी उक्त वस्तुस्थितीको जानकारी गराउनु भयो ।
त्यो खबर पाउनासाथ अध्यक्ष सूर्य गुरुङ गाउँपालिकाको आफू चढ्ने गाडी लिएर घटनास्थल पुग्नु भयो । गर्भवतीलाई त्यही गाडीमै राखेर अध्यक्ष गुृरूङले भदौ १ गतेबेसीशहर स्थित प्रदेश अस्पताल पु¥याउनु भयो । तर अघिल्लो दिनदेखि सुत्केरी बेथाले च्यापेकी सुस्मिताको अवस्था नाजुक देखिएपछि प्रदेश अस्पतालका चिकित्सकले तुरुन्त पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रिफर गरियो ।
सुस्मितालाई अध्यक्ष गुरूङ आँफैले हतार–हतार पोखरा पु¥याउनु भयो । पोखरामा सुस्मिताको शल्यक्रिया गरि भदौं २ गते रातको १ः४५ शिशु(छोरा)को जन्म भएको सो गाउँपालिकाका अध्यक्ष सूर्य गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार सुत्केरी आमा र नवजात शिशको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले आफूलाई भनेको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘विरामीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारमा कतारमा छन्, सुस्मिताको साथमा उहाँको भाइ बुहारी तिरिमिरी गुरुङ बसेर भाउजुको स्याहार गरिरहेकी छन् ।’
यस प्रकार समयमै अध्यक्ष सूर्य गुरुङबाट सहयोगको पहल नभएको भए ठूलो दुर्घटना हुने सम्भावना थियो, हामी आत्तिइसकेका थियौं उहाँका भाइ नवराज गुरुङले बताउनु भएको छ । उहाँका अनुसार सुस्मिताका यसअघि दुई छोरी छन् । ‘ऐले छोराको जन्म भएको छ, यो पनि खुशीको कुरा भएको छ’ उहाँले भन्नुभयो ।
यसअघि पनि अध्यक्ष गुरुङले सोही गाउँपालिका– २ शैलुङ गाउँकी एक गर्भवती महिलालाई सुत्केरी गराउन गाउँमा उपचार सम्भव नभएपछिे आफ्नै गाडी लिएर घरसम्म पुगेर बेसीशहरस्थित प्रदेश अस्पताल पु¥याएर उपचार गरी स्वास्थ्य लाभ गराउनु भएको थियो ।
यी घट्नाले पालिकामा एम्बुलेन्स सेवाको सख्त जरुरी भएको बोध गराएको छ एकातिर भने अर्कोतिर यस्तो कठिन अवस्थामा आफैले उद्दारको काम गर्ने अध्यक्ष पाउँदा पालिकाबासीहरू भने निकै खुशी छन् । अध्यक्षको प्रशंसा गर्दै अध्यक्ष गुरुङ हाम्रो साथी भाइजस्तो हुनुहुन्छ हरेक दुःख, सुखमा साथ दिदै आउनु भएको छ, सुस्मिताका भाइ नवराज गुरुङले बताउनु भयो ।
यसरी लमजुङको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले फेरि एक पटक गाँउलेको मन जित्न सफल हुनु भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र ५, बिहीबार २२:०५ गते
हजुरको प्रतिक्रिया