कुन्छा(लमजुङ)- कुनैबेलाको जिल्ला सदरमुकाम रहेको ठाउँ, सदरमुकाम बेसीशहरमा सरेपछि आेझेलमा पर्न थालेको हाे- कुन्छा । तर कुन्छाकाे साख बचाउन स्थानीयवासी नै जुट्नु पर्छ, जसका लागि प्रष्ट भिजन(दुरदृष्टि) र याेजना हुनुपर्छ, त्यो पनि कुन्छासँग नभएको प्रतीत भएको छ ।
त्यसाे त कुन्छाले सुन्दरबजार नगरपालिकाकाे पहिलो निर्वाचित मेयर पाएकाे थियोे, उहाँले पाँच वर्षको कार्यकालमा गाउँमा पक्की सडक पुर्याउन चाहेको भए सक्नु हुन्थ्यो, चाहनु भएन भन्ने आराेप उहाँ उपर स्थानीयले थाेपरेका छन्, मेयरका पनि आफ्ना बाध्यता थिए हाेलान् तर स्थानीयकाे गुनासाेलाई नाजायज भन्न नमिल्ने हाे कि ? भन्ने पनि देखिन्छ ।

जुनकुनै पनि समाजकाे ठूलो सम्पत्ति भनेको नैतिक अनुशासन हाे । पछिल्ला वर्षमा नेपाली समाजमा विकासको गतिभन्दा धेरै उच्च गतिमा नैतिक धरातल भत्किने गरेका छन् । त्यसमा कुन्छा अपवाद त थिएन नै पछिल्लो एक घट्नाले त्यस्तो कार्यकाे नेतृत्व नै कुन्छाले त गर्ने हैन ? भन्ने भान हुन थालेको छ । सन्दर्भ यहाँका ८० वर्षीय जिवनाथ गाैली बेपत्ता हुनु भएकाे घट्ना हाे । उहाँ भदाै ४ गते घरमै अटाे मगाउन लगाएर वडा कार्यालय गएर आउछु भन्नु भएको तर कुन्छा भञ्ज्याङबाट गाडी चढेर पाउँदी वजारमा ओर्लिएर आफन्तजनसंग भेटघाट गरि गफ्फिएर ४ बजेसम्म बस्नु भएको त्यसपछि कता लाग्नु भाे थाहा नभएको उनीहरू बताउँछन ।
तर उहाँका घरका मान्छेले भाेलिपल्ट खाेजेझैं गरेर पर्सीपल्ट अर्थात भदौ ६ गतेदेखि उहाँकाे काजकिरिया सुरु गरको जानकारीमा आएको छ ।
कुनै पनि घरका व्यक्ति वेपत्ता हुँदा वा हराउदा १०० वर्ष कटेपछि मात्रै काजकिरिया गर्ने प्रचलन तथा राष्ट्रीय मत छ । याे सुन्नासाथ याे पंक्तिकारलाई नमीठो अनुभूति भयो ।
यसबारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा उहाँको अवस्था बारेमा जानकारी छ प्रहरी प्रमुख प्रनाउ रेशम बाेहराले बताउनु भयो । तीन दिन नहुँदै काजकिरिया गर्नु ठीक हाे र ? भन्ने जिज्ञासामा यस बारेमा प्रष्ट कानुनी व्यवस्था छैन, याे बारेमा त प्रहरीले भन्दा पनि समाजले, तपाईंहरु जस्ता व्यक्तिले बाेल्ने कुरा हाे जस्तो लाग्छ उहाँले भन्नुभयाे । यसबारेमा त्यो घरमा पुरेत्याइँ गर्ने रमेश कंडेल हुनुहुन्छ भन्ने सुनेर उहाँसंग सम्पर्क गर्दा सुरुमा उहाँले काजकिरिया गर्न मिल्छ भन्नु भाे । थप प्रश्नहरु गर्दै जादा उहाँले तपाईलाई त चिनिन नि भन्दै उहीँ घरमा काम गर्नेलाई साेध्नु भन्नु भाे । त्यस घरमा पुराेहित्याई गर्नु हुने रामजी कंडेल उहाँका भाइसंग सम्पर्क गर्दा उहाँले मभन्दा माथिका मान्य मान्छेलाई साेधेर गरेको हाे भन्नुभयो । उहाँको नाम नंवर दिनु हाेला भनेपछि रामनाथ न्याैपाने बर्लाची, तनहुँ निवासी भन्ने खुल्यो । न्याैपानेसंग सम्पर्क गर्दा नारायण वली गरेर, कुशकाे शव बनाएर काजकिरिया गर्न सल्लाह दिएको हाे भन्नुभयाे । उहाँलाई किन यति साराे हताराे भा हाेला ? भन्ने जिज्ञासा राख्दा गरुड पुराणमा १२ वर्ष बाटो हेर्नु भन्ने उल्लेख छ भन्नुभयाे । अघि त सल्लाह दिएको भन्नु हुन्थ्यो नि ! भन्ने थप जिज्ञासामा उहाँहरुले गंगा किनारमा दसी प्रमाण फेला परेकाे कुरा गर्नु भाे र सल्लाह दिएको हुँ भन्नु भाे । याे पंक्तिकारको अझै चित्त बुझेन, त्यसपछि मुलुकभर हिन्दु जागरण अभियान चलाइरहनु भएका धर्म भिरु एवम् अभियन्ता पं. रामकृष्ण उपाध्यायसंग सम्पर्क गरि समग्र वस्तु स्थितिबारेमा जानकारी दिएर मेराे चित्त बुझेन गुरु के कसाे हाे मलाई सम्झाई दिने कष्ट गर्नु पर्याे भनियो । उपाध्यायले नेतृत्व गर्नु भएको संस्थाले गतल तौर तरिकाबाट पण्डित्याइँ गर्ने पण्डित तथा पुरोहितहरूलाई दण्ड सजाय गर्ने गरेको छ । उहाँले भन्नु भयो हिडडुल गर्न सक्ने मान्छेकाे हकमा त्यस्तो (काजकिरिया) गर्न मिल्दैन, गलत भाे भन्नुभयाे । हामीले हाम्रो कपडा त्यसरी राखेर हिड्याै भने मर्याे भन्ने अर्थ लगाउन मिल्छ ? यसको अर्थ उहाँको घरका मान्छेले उहाँप्रति राम्रो व्यवहार गर्दैनथे र उहाँ हिड्न बाध्य हुनुभएको हाे भन्ने देखाउछ भन्नुभयाे ।

उहाँसंग नारायण वली र कुशकाे शव बनाएर गर्न मिल्छ भन्ने पंण्डितले नै सल्लाह दिएको भन्ने कुरा आयो नि ! भन्ने जिज्ञासामा ती पनि धतुरे नै रहेछन्, त्यस्तो निर्देशन दिन मिल्दैन उपाध्यायले भन्नुभयाे । कमसेकम एक महिना त पर्खन पर्छ ! यसको अर्थ अघि पनि भने उहाँप्रति घरका मान्छेले राम्रो व्यवहार गर्दैनथे, काजकिरिया गरेपछि टन्टै खलास भन्या जस्तो भाे, यस्तो कामको समर्थन गर्न सकिदैन उपाध्यायले उल्लेख गर्नु भयो ।
यो घट्नामा गौलीको परिवार मलामीमा जानेहरू तथा काजकिरिया गराउने पण्डितलाई आत्महत्या दुरूत्साहनको मुद्दा लाग्न सक्ने कानुन व्यवसायीहरूले बताएका छन् ।