काठमाडौं– नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मानित भएका छन् । जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा नेबासासले सर्जकहरूलाई भदौ ७ सम्मान गरेको हो ।
प्राज्ञ विद्वान लेखक तीर्थबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता उक्त कार्यक्रम भएको थियो । सो अवसरमा जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्टलाई प्रदान गरिएको छ । यसैगरी, जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बाट बुढा मगर, बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का समेत सम्मानित भएको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार उक्त अवसरमा सम्मानित हुनेहरूमा नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल, नेबासास कविशिरोमणि लेखनाथ पौड्याल सम्मान २०८२ बाट रामबहादुर पहाडी, नेबासास महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८२ बाट प्रा. डा. महादेव अवस्थी, नेबासास युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान २०८२ बाट इन्दिरा दली र नेबासास राष्ट्रकवि माधव घिमिरे सम्मान २०८२ बाट कालीबहादुर शाही हुनुहुन्छ ।
यसैगरी, कुलमानसिंह भण्डारी सम्मान २०८२ बाट के. के कर्माचार्य, रमेश विकल सम्मान २०८२ बाट बुँद राना, युद्धप्रसाद मिश्र सम्मान २०८२ बाट प्रा. डा. मुकेशकुमार चालिसे, बालसाहित्य रत्न शान्तदास मानन्धर सम्मान २०८२ बाट गौरी प्रधान, देवकुमारी थापा सम्मान २०८२ बाट सुशीला प्रधानाङ्ग सम्मानित हुनु भएको छ ।
उक्त कार्यक्रममा सम्मानित सर्जकहरूको व्यक्तित्वमा डा. छायाँदत्त न्यौपानेले प्रकाश पार्नु भएको थियो ।
उक्त अवसरमा नेबासासबाट प्रकाशित दुई कृति नेबासास प्रतिनिधि नेपाली कवितासंग्रह, नेबासास बालस्रष्टाका कथाहरु, इन्टरनेसनल स्कुल, धुम्बाराहीबाट प्रकाशित दुई कृति ः कथाकल्प १ र २, बालबाटिका स्कुल, पेप्सीकोलाबाट प्रकाशित दुई कृति अवनी खड्काको बन्द ढोका र सामूहिक संग्रह मेहनती परिवार र क्रिएटिभ सेन्टरबाट प्रकाशित क्रिएटिभ कथाहरुको लोकार्पण गरिएको थियो ।
सोही अवसरमा विमोचित कृतिहरूकाबारेमा प्रमोद प्रधानले प्रकाश पार्नु भएको थियो ।
यसै बिच सोही कार्यक्रममा गत बर्ष नेबासास र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २०८१ माघमा भएको प्रतियोगिता भाग लिई पुस्तक नेबासास बालसष्ट्राका कथा पुस्तकमा समावेश बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रमको सिविन नेपाल र पहिलो पाइला अमेरिका समेत आयोजक रहेका थिए ।
उक्त सम्मान तथा विमोचन कार्यक्रमको अध्यक्षता नेबासासका अध्यक्ष विजयराज आचार्यले गर्नुभएको थियो भने सञ्चालन प्रा.डा. विष्णुबहादुर केसीले गर्नु भएको नेबासास कार्यकारी सहस्य रमेशचन्द्र घिमिरेले बताउनु भयो । उहाँका अनुसार आयोजक संस्थाका महासचिव डा. विष्णु केसीले एक विज्ञप्ती जारी गरी कार्यक्रमको गतिविधिका बारेमा जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८२ भाद्र ८, आईतवार २१:१० गते