व्यावसायिक भिसामा नेपाल आएर इसाई धर्म प्रचार, अमेरिकी नागरिक नियन्त्रणमा

व्यावसायिक भिसामा नेपाल आएर इसाई धर्म प्रचार, अमेरिकी नागरिक नियन्त्रणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १० गते मङ्गलबार ०३:०८

व्यवसायिक भिसामा नेपाल आएका उनले भिसा उद्देश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको देखिएको बताइएको छ ।

उनलाई भदौ ८ गते बेलुका भैसेपाटीबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

काठमाडौं– अध्यागमन विभागले एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नीलाई साई धर्मको प्रचार गरेको पुष्टि भएपछि भदौ ८ गते नियन्त्रणमा लिइएको हो ।

अध्यागमन विभागले उनले इसाई धर्मको प्रचार गरेको देखिएको जनाएको छ । विभागका अनुसार उनीमाथि थप सोधपुछ कार्य भइरहेको छ ।

व्यवसायिक भिसामा नेपाल आएका उनले भिसा उद्देश्य विपरित इसाई धर्म प्रचार गर्दै आएको देखिएको बताइएको छ ।

उनलाई भदौ ८ गते बेलुका भैसेपाटीबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

स्मरणीय छ, यसअघि अध्यागमन विभागले धर्म प्रचार गर्दै आएको आरोपमा तीन जना विदेशी नागरिकलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित मिति २०८२ भाद्र १०, मंगलवार १५:०८ गते
हजुरको प्रतिक्रिया