काठमाडौं– एमाले केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला अदालतको पुर्जीका आधारमा महरलाई प्रहरीले बलात्कार तथा यौन शोषण गरेको अभियोगमा भदौ ११ गते पक्राउ गरेको थियो ।
महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आजै पुर्जी जारी गरेको थियो । सोही आधारमा उनी पक्राउ परेका थिए । उनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले बताउनु भयो । उहाँका अनुसार २९ वर्षीया पीडित महिलाले महरविरुद्ध बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । ती युवतीले भदौ ३ गते हुकालमार्फत् प्रहरी कार्यालयमा जाहेरी पठाएकी थिइन् । ८ गते कार्यालयले ब्युरोले पीडितलाई बोलाएर जाहेरी सनाखत गराएको थियो । उनले चरित्रहत्या गरेको कसूरमा महरविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही माग गर्दै उजुरी दिएकी थिइन् ।
सो दफा अनुसार दोषी ठहर भएमा एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । साथै कसूर पटक पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने सो ऐनमा भनिएको छ ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।
साइबर अपराधविरुद्ध पक्राउ पूर्जी जारी भएपछि महर दम्पती प्रहरीमा उपस्थित भएका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गर्नु भएको हो । प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।
महरमन विरुद्ध अदालतले भदौं ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं ल्याइएको थियो ।
महरलाई ०७८ मंसिरमा एमालेले केन्द्रीय सदस्य मनोनीत गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।
प्रकाशित मिति २०८२ भाद्र १२, बिहीबार १०:४८ गते