स्वास्थ्य बीमा : समयमै नवीकरण नगरे चार गुणासम्म जरीवाना

स्वास्थ्य बीमा : समयमै नवीकरण नगरे चार गुणासम्म जरीवाना

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १२ गते बिहिबार ११:२५

स्वास्थ्य बिमामा तीन हजार पाँच सय रुपैयाँ योगदान गर्ने बिमित परिवारले ०८५ कार्तिक १ वा त्यसपछि नवीकरण गरेमा १४ हजार रुपैयाँसम्म योगदान रकम लाग्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार असोज मसान्तसम्म नवीकरण गर्नेका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क लाग्ने छैन ।

काठमाडौं– समयमै स्वास्थ्य बिमा नवीकरण नगरे चर्को शुल्क लाग्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले एक सूचनामार्फत चर्को शुल्कबाट बच्न समयमै बिमा नवीकरण गर्न भदौ ११ गते भनेको हो ।
यसअघि स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कार्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागु हुने बोर्डको सूचनामा उल्लेख छ । बोर्डका अनुसार असोज मसान्तसम्म नवीकरण गर्नेका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क लाग्ने छैन । तर, ०८२ कार्तिक ३१ गतेपछि भने शुल्क बढाइने छ ।
स्वास्थ्य बिमामा तीन हजार पाँच सय रुपैयाँ योगदान गर्ने बिमित परिवारले ०८५ कार्तिक १ वा त्यसपछि नवीकरण गरेमा १४ हजार रुपैयाँसम्म योगदान रकम लाग्ने बोर्डले जनाएको छ ।
म्याद नाघेको तीन महिनाभित्र नवीकरण गरेमा १० प्रतिशत थप रकम लाग्ने स्वास्थ्य बिमा बोर्डको भनाइ छ । ६ महिनाभित्रमा नवीकरण गरेमा ३० प्रतिशत, ६ महिनादेखि एक वर्ष भित्रमा नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत रकम थप लाग्ने स्वास्थ्य बिमा बोर्डजे जनाएको छ ।
एक वर्षपछि नवीकरण गर्दा शतप्रतिशत रकम थप लाग्ने र दुई वर्षमा तीन गुणा, तीन वर्षपछि नवीकरण गरेमा योगदान रकमको चार गुणा रकम लाग्ने स्वास्थ्य बिमा बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ भाद्र १२, बिहीबार ११:२५ गते
हजुरको प्रतिक्रिया