भोर्लेटारमा जारी फुटबलको आज फाइनल प्रतियोगितासहित समापनको तयारी

भोर्लेटारमा जारी फुटबलको आज फाइनल प्रतियोगितासहित समापनको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १५ गते आईतबार ०७:२२

उक्त फुटबल प्रतियोगितामा सेमिफाइनल खेल चलिरहदा आयोजक सयुक्त संयुक्त भोर्लेटार क्लबका सदस्यहरू सपना गुरुङ, पुजा नेपाली, दीक्षा ठकुरी, सरिता क्षेत्री खेल प्रेमी दर्शक एवम् खेलाडीहरूलाई सामुहिक नृत्य प्रदर्शन गरेर मनोरन्जन दिएका थिए ।

ग्रीन भ्याली क्लब रानीपोखरी र बौद्ध शान्ती क्लब रामघाट, पोखरा फाइनलमा चरणमा प्रवेश गरेका छन् ।

भोर्लेटार(लमजुङ)– लमजुङमा सञ्चालित ९ ए साईड फुटबल प्रतियोगिताको फाइनल खेल आज भदौ १५ गते हुने र समापन कार्यक्रम समेत गरिने तयारी छ । मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा हरितालिका तिजको अवसरमा प्रथम ९ ए साइड फूटबल प्रतियोगिताको पाँचौं दिन सेमी फाईनल खेल भदौ १४ भएको हो ।
सो प्रतियोगितामा ग्रीन भ्याली क्लब रानीपोखरी र बौद्ध शान्ती क्लब रामघाट, पोखरा फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितको पहिलो सेमी फाइनलको खेलमा ग्रीन भ्याली क्लब रानीपानी मध्यनेपाल– ६, लमजुङ र योङ ब्वाईज देवदह, रुपन्देहीका बिचमा भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको सो खेलको खेल अवधिमा दुवै टिमले ३/३ गोल गरी बराबरी भयो । त्यसपछि थप भएको समयको खेलमा दुवै पक्षबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
सो प्रतिस्पर्धामा ग्रीन भ्याली क्लब र योङ ब्वाईज देवदह, नवलपरासी बीचको पेनाल्टीमा ४– ३ गोल गरी ग्रीन भ्याली क्लब फाइनलमा प्रवेश गरेको हो । सो खेलमा म्यान अफ द म्याच ग्रीन भ्याली क्लबका आशा गुरुङले घोेषित भएका छन । सो खेलमा तल्लोटार युवा क्लबमा सदस्य कान्तोस धिङ्गालले म्यान अफ द म्याच भएका गुरुङलाई व्यक्तिगत रुपमा एक हजार पाँच सय रुपैयाँ प्रदान गरेर प्रोत्साहित गरेका छन् ।
सोही अवसरमा ग्रीन भ्यालीका तर्फबाट खेल्न आएका विदेशी नागरिक खेलाडी फोफोना ईब्राहिमलाई आयोजक संयुक्त भोर्लेटार क्लबद्वारा सम्मान समेत गरेको छ ।
यसैगरी, सेमी फाइनल प्रतियोगिताको दोस्रो खेल बौद्ध शान्ती क्लब रामघाट, पोखरा र बाँग्रे फुटबल क्बल, लमजुङका बीच भएको थियो । सो खेलको पहिलो हाफमा एक गोल गरेर बौद्ध शान्ती क्लब रामघाट, पोखरा अघि बढेको थियो । प्रतियोगिताको दोस्रो हाफमा बौद्ध शान्ती क्लब रामघाट, पोखराले थप तीन गोल गर्न सफल भयो । तर प्रतिस्पर्धी बाँग्रे फुटबल क्बल, लमजुङले पुरै खेल अवधिमा कुनै गोल गर्न सकेन । अन्ततः खेल ४– ० गोलमा टुंगिएको र बौद्ध शान्ती क्लब रामघाट, पोखरा फाइनल प्रवेश गरेको आयोजक क्लबका खेल संयोजक मेघबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो खेलमा म्यान अफ द म्याच बौद्ध शान्ती क्लब रामघाट, पोखराका भीषण गुरुङले प्राप्त गरेका छन् ।
उक्त फुटबल प्रतियोगितामा सेमिफाइनल खेल चलिरहदा आयोजक सयुक्त संयुक्त भोर्लेटार क्लबका सदस्यहरू सपना गुरुङ, पुजा नेपाली, दीक्षा ठकुरी, सरिता क्षेत्री खेल प्रेमी दर्शक एवम् खेलाडीहरूलाई सामुहिक नृत्य प्रदर्शन गरेर मनोरन्जन दिएका थिए ।
उक्त प्रतियोगिताको पहिलो हुने टिमलाई पुरस्कार स्वरुप दुई लाख, ट्रफी मेडल र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोस्रो पुरस्कार एक लाख, ट्रफी मेडल र प्रमण पत्र रहेको छ । यसैगरी, सवार्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ५/५ हजार ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको उहाँको भनाइ छ ।
सो प्रतियोगिताको फाइनल खेलका साथमा समापन कार्यक्रम आज हुने संयोजक मेघबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने भएको छ ।
उहाँले भन्नुभयो, ‘यो वर्ष अलिक भद्रगोल जस्तो रह्यो, अर्को वर्ष पुरस्कार पनि थप्ने छौं र थप व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना रहेको छ ।’
फोटो सौजन्य : सुरज गुरुङ, रासस प्रतिनिधि ।

प्रकाशित मिति २०८२ भाद्र १५, आईतवार ०७:२२ गते
हजुरको प्रतिक्रिया