यु.के. बेलायतमा घन्कियो लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाका

यु.के. बेलायतमा घन्कियो लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाका

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १६ गते सोमबार ०५:५७

उक्त सांगीतिक कार्यक्रममा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’लाई दुरा सेवा समाज यु.के.का आमा समूह तथा बाबा समूहद्वारा दुरा संस्कृतिमा अति महत्व राख्ने सेतोफेताद्वारा सम्मान गरिएको थियो ।

फाराम दुरा र देब दुराको व्यवस्थापन एवम् सकृयतामा भएको बुद्धिमान दुरा ‘धम्पु’ साँझमा सञ्चालित सांगीतिक कार्यक्रमामा ठाडोभाका घन्किएको हो ।

ईस्टली(यु.के.बेलायत)– लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाका यु.के. बेलायतमा घन्किएको छ । दुरा सेवा समाज यु.के. बेलायतको ईस्टली सामुदायिक भवनको सभाहलमा आयोजना गरिएको बुद्धिमान दुरा ‘धम्पु’ साँझमा सञ्चालित सांगीतिक कार्यक्रमामा ठाडोभाका भदौ १५ गते साँझ घन्किएको हो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को प्रमुख आतिथ्यतामा सो सांगीतिक कार्यक्रम भएको हो । दुरा सेवा समाज यु.के.का अध्यक्ष सिंहबहादुर दुराको अध्यक्षतामा भएको उक्त सांगीतिक कार्यक्रममा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’लाई दुरा सेवा समाज यु.के.का आमा समूह तथा बाबा समूहद्वारा दुरा संस्कृतिमा अति महत्व राख्ने सेतोफेता तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त अवसरमा अन्य विभिन्न व्यक्तिहरूले बुध्दिमान दुरालाई सम्मान गरेका थिए ।

उक्त सांगीतिक कार्यक्रममा लमजुङ समाजका अग्रज व्यक्तित्व धनबहादुर गुरुङ, सांस्कृतिक विभागका सदस्य इन्द्रजीत गुरुङ, भोर्लेटार सेरोफेरो समाजका सदस्य कृष्णबहादुर थापा र केशबहादुर आलेको विशेष उपस्थिति थियो ।
उक्त अवसरमा होस्ट फामबहादुर दुराले धम्पुलाई विशेष स्वागतका साथ उहाँले व्यक्तित्व एवम् कीर्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त अवसरमा होस्ट फामबहादुर दुराले धम्पुलाई विशेष स्वागतका साथ उहाँले व्यक्तित्व एवम् कीर्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
दुरा सेवा समाज यु.के.का सचिव नरजङ दुराले स्वागत गर्दै सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले ठाडोभाकाको विशेष प्रस्तुति राख्नु भएको थियो । सो अवसरमा उहाँलाई यु.के.मै रहनु भएका नरमाया दुरा र बुद्धिसरा दुराले गायनमा साथ दिनु भएको थियो भने समाजका आमाहरूले गीत छोपेर सहयोग गर्नु भएको थियो ।
दुरा सेवा समाज यु.के.का सचिव नरजङ दुराले स्वागत गर्दै सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले ठाडोभाकाको विशेष प्रस्तुति राख्नु भएको थियो । सो अवसरमा उहाँलाई यु.के.मै रहनु भएका निरमाया दुरा र बुद्धिसरा दुराले गायनमा साथ दिनु भएको थियो भने समाजका आमाहरूले गीत छोपेर सहयोग गर्नु भएको थियो ।
उक्त कार्यक्रम फाराम दुरा र देब दुराको व्यवस्थापन एवम् सकृयतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा अग्रज व्यक्तित्व एवम् ठाडोभाकाका विशेष पारखी धनबहादुर गुरुङ (धान्सिङ, लमजुङ), इन्द्रजङ दुरा, सिंहराज दुरा लगायतले बाध्यवादनमा सहयोग गर्नु भएको थियो ।
ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को सम्मानमा आउँदो आइतबार लमजुङ समाजले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै, सोही दिन राप्रपा युकेले समेत कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र १६, सोमबार १७:५७ गते
हजुरको प्रतिक्रिया