मिटर व्याजीको काठमाडौंको मुटुमै विगविगी : घरमै ४ करोड २५ लाख नगद, नौ केजी सुनका गहना र झण्डै चार केजी चाँदिका गहना फेला

मिटर व्याजीको काठमाडौंको मुटुमै विगविगी : घरमै ४ करोड २५ लाख नगद, नौ केजी सुनका गहना र झण्डै चार केजी चाँदिका गहना फेला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १८ गते बुधबार १०:४९

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भनुभयो, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’ प्रहरीका अनुसार श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड रुपैयाँ राखेका थिए ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी ७७ वर्षीय श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका– २६ स्थित गोंगबु टाउन प्लानिङ स्थित विनोद श्रेष्ठको घरमा ४ करोड नगद भेटिएको छ भने करिब नौ केजी सुनका गहना. झण्डै चार केजी चाँदिका गहना फेला परेको छ । ती नगद र गहना मिटर व्याजीका रुपमा प्रयोग हुने गरेको प्रहरीले ती सामग्री भदौ १७ गते बरामद गरेसँगै त्यस्तो खुलासा भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गोंगबु टाउन प्लानिङ स्थित विनोद श्रेष्ठको घरमा ४ करोड २५ लाख नगद र सुनका विभिन्न गरगहनाहरू नौ किलो ८३७ ग्राम र तीन किलो २१८ ग्राम चाँदीका गरगहना फेला परेको भन्नुभयो । उहाँका अनुसार ती बसै वस्तुको प्रहरीद्वारा बरामद गरिएको छ । उहाँले भन्नुभयो, ‘प्रहरीले अवैध रकम र सुन राखेको आरोपमा गोरखा नगरपालिका– १ घर भएका ७६ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको छ ।’
गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले बताए । उनले भने, ‘सुनका गहना पनि ठूलो परिमाणमा भेटिएको छ ।’
पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।
उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भनुभयो, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ ।’ प्रहरीका अनुसार श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड रुपैयाँ राखेका थिए ।
हिजो साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीक एसएसपी शेखर खनालले पनि पुष्टि गर्नु भएको छ । उहाँका अनुसार सुनका विभिन्न गरगहनाहरू नौ किलो ८३७ ग्राम र तीन किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् ।
उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
एसएसपी खनाल भन्नुभयो, ‘सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको देखिन्छ । उनी मिटरब्याजी रहेको प्रारम्भिक अनुसन्धानका देखिएको छ ।’

प्रकाशित मिति २०८२ भाद्र १८, बुधबार १०:४९ गते
हजुरको प्रतिक्रिया