आफ्नो बदनाम गर्न नक्कली भिडियो बनाउनेबिरुद्ध रास्वपाका उपसभापति डा. वाग्लेको उजुरी

आफ्नो बदनाम गर्न नक्कली भिडियो बनाउनेबिरुद्ध रास्वपाका उपसभापति डा. वाग्लेको उजुरी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १८ गते बुधबार ०६:४४

‘वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित सीमाका बारेमा संवाद गरेको जस्तो सुनिने अडियोबारे मेरो होइन, अनुसन्धान गर्दिनुप¥यो भनेर उजुरी दिनुभएको छ । हामी हेर्दैछौँ ।’ ब्युरोका प्रवक्ता एवम् एसपी अवस्थीले उल्लेख गर्नु भएको छ ।

उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी बदनाम गर्न डिपफेक भिडियो बनाएको भन्दै कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा उजुरी दिनु भएको छ । वाग्लेले आफ्नो नक्कली भिडियो बनाउनेबिरुद्ध भदौ १८ गते उजुरी दिनुभएको हो ।
वाग्लेले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा आज दिउँसो उजुरी दिनु भएको ब्युरोका प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले बताउनु भयो । उहाँका अनुसार वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘वाग्ले आफैँ आउनु भएर निवेदन दिनु भएको हो ।’
‘डिप फेक’ अडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको उजुरीमा उल्लेख गर्नु भएको छ ।’ अवस्थीले जानकारी दिनुभयो
वाग्लेले नेपाल–भारत सीमाबारे आफ्नो डिप फेक अडियो बनाइएको भन्दै कारबाहीका लागि प्रहरीको साइबर अनुसन्धान ब्युरोमा उजुरी दिनु भएको हो ।
‘वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित सीमाका बारेमा संवाद गरेको जस्तो सुनिने अडियोबारे मेरो होइन, अनुसन्धान गर्दिनुप¥यो भनेर उजुरी दिनुभएको छ । हामी हेर्दैछौँ ।’ अवस्थीले उल्लेख गर्नु भएको छ ।
वाग्लेको आवाज जस्तै सुनिने भिडियो क्लिप सामाजिक सञ्जालमा प्रसारित भएको छ । भारतीय व्यक्तिहरूसँग वाग्लेले संवाद गरेको जस्तै गरी भिडियो क्लिप बनाइएको छ ।
उक्त फेक संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र १८, बुधबार १८:४४ गते
हजुरको प्रतिक्रिया