‘अन्तरङ्ग न्यूनडट कम’को पाइला चौथो वर्षमा : सामाजिक न्याय र सुशासनको यात्रा जारी

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १८ गते बुधबार ०८:३९

हामी निष्पक्ष र वस्तुनिष्ठ समाचार पस्किनेमा सचेत छौँ । तथापि, लोकतन्त्रमाथि कुनै पनि नाममा अंकुश लगाउने प्रयास हुँदा हामी मौन बस्न सक्दैनौं । जनताको अदालत सबैभन्दा ठूलो र निर्विकल्प न्यायालय हो भन्ने हाम्रो दृढ मान्यता रहिआएको छ ।

लमजुङ जस्तो पिछडिएको र दुर्गम जिल्ला– जहाँ प्रायः प्रायोजित पत्रकारिता चल्ने गरे छ यहाँ वस्तु निष्ठ पत्रकारिता गर्नु सहज छैन । तर हाम्रो प्रयास जारी छ र रहिरहनेछ ।

अनलाइन पोर्टल ‘अन्तरङ्ग न्यूनडट कम’ चौथो वर्षमा प्रवेश गरेको छ । ‘व्यक्तिका विरुद्ध होइन, प्रवृत्तीका विरुद्धमा थालिएको हाम्रो सामाजिक न्याय र सुशासनको यात्रा जारी छ । यो मूल मान्यतामा हामी क्रियाशील छौं र रहने प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । छापामाध्यमले मात्र आजको युगको आवश्यकता धान्न नसक्ने स्थिति उत्पन्न भएसँगै हामीले अनलाइन सेवाको थालनी गरेका हौं ।
‘अन्तरङ्ग न्यूनडट कम’ले शक्तिको आडमा छाडा हुने प्रवृत्तीका विरुद्धमा मौलाएकाहरूलाई कानूनको कसीमा उभ्याउन सफल दबाब सिर्जना गरेको अनुभव गरेका छौँ । यसप्रति पाठक वर्गबाट आएका सकारात्मक प्रतिक्रियाबाट हामी थप उत्साहित एवम् उत्प्रेरित भएका छौँ । अन्तरङ्ग न्यूनडट कमको प्रकाशन आरम्भ २०७८ को भदौदेखि भएको हो तर सूचना विभागमा दर्ताका लागि भने लामो हैरानी बेहोर गर्नु परेका कारणले २०७९ को साउनमा मात्र हामीलाई दर्ता नंबर मिलेको हो ।
आम सञ्चारमाध्यमलाई वाच डग तथा आवाजविहीनहरूको आवाज भन्ने गरिए पनि हाम्रो गाउँठाउँ देश समाजमा जसको चर्को आवाज, पाखुरा र पैसा छ उसैलाई मात्र सुन्ने प्रवृत्ति बढिरहेको छ । यो अवस्थालाई चिर्न हामीले सतप्रयास जारी राखेका छौं र त्यो क्रम चलिरहने छ ।
लमजुङ जस्तो पिछडिएको र दुर्गम जिल्ला– जहाँ प्रायः प्रायोजित पत्रकारिता चल्ने गरे छ यहाँ वस्तु निष्ठ पत्रकारिता गर्नु सहज छैन ।
अनियमितता र भ्रष्टाचारमाथि हाम्रो तीक्ष्ण नजर चौथो वर्षमा पनि कायमै रह्यो । ‘अन्तरङ्ग न्यूनडट कम’ले केन्द्रदेखि स्थानीय तहसम्म भएका अनियमितताबारे गरेको खुलासाका केही विषय कारबाहीको दायरामा आए, केही कारबाहीको प्रक्रियामा छन् । पत्रकारिताको यो अभ्यासभित्र भ्रष्टाचार र अरु कैयौं बेथिती तथा विसंगति मौलाएका छन् । हामी ती सबैको निरन्तर निगरानी गरिरहनेछौं र तिनलाई उजागर गर्दै विधिको शासनलाई बलियो बनाई सुशासनको प्रत्याभूतिमा सघाउ पुर्याउने हाम्रो संकल्प छ । खास गरी हामीले अघिल्ला वर्षदेखिनै उठाएको कालिका बचत सहकारीको मुद्दा धेरैले राहत पाएको र पछिल्लो दिनमा सुनौलो भविष्य बचत सहकारीको मुद्दाले धेरैलाई राहत दिनेछ भन्ने विश्वासमा छौं ।
सूचना जहाँकहीँ पनि पाइन्छ । त्यसलाई सही र वस्तुनिष्ठ ढंगले केलाउने, समाजलाई ठोस् धारणा पस्किने सक्ने क्षमताको लमजुङमा धेरैै कमी छ र समयसमयमा यो खडकन्छ पनि ।
लोकसंस्कृतिको संरक्षणका साथै अन्य रैथाने मुद्दाका अतिरिक्त राष्ट्रिय मुद्दाहरूको अन्तर्य पहिल्याउने प्रयासमा छौँ ।
हामी निष्पक्ष र वस्तुनिष्ठ समाचार पस्किनेमा सचेत छौँ । तथापि, लोकतन्त्रमाथि कुनै पनि नाममा अंकुश लगाउने प्रयास हुँदा हामी मौन बस्न सक्दैनौं । जनताको अदालत सबैभन्दा ठूलो र निर्विकल्प न्यायालय हो भन्ने हाम्रो दृढ मान्यता रहिआएको छ ।
हाम्रो यो यात्रा निकै लामो गर्नु पर्ने छ र क्रमशः फैलिँदै जानु पनि छ । यसलाई थप जिम्मेवार र कर्तव्यनिष्ट बनाउन वा त्यो रुपमा विकास गर्ने सपनालाई पूरा गर्ने क्रममा हामीलाई तपाईंको साथ र सहयोग संधै आवश्यक पर्ने ठानेका छौ र सहयोगको अपेक्षा पनि गर्दछौं ।
यो पावन अवसरमा विभिन्न क्षेत्रमा रहेर हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सहकर्मी साथीहरू, हाम्रा विज्ञापनदाता, शुभेच्छुक संस्थाहरू एकमुस्ट कृतज्ञता व्यक्त गर्दछौं ।

प्रकाशित मिति २०८२ भाद्र १८, बुधबार २०:३९ गते
हजुरको प्रतिक्रिया