पठन संस्कृति विकास गर्न साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी कार्यको थालनी

पठन संस्कृति विकास गर्न साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी कार्यको थालनी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २१ गते शनिवार ०६:२५

उक्त पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुर र देशभरका सम्पूर्ण बिक्रीकक्षहरूमा भदौ २० गते देखि असोज ३ गतेसम्म रहने सञ्चालन गर्नेभएको निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनु भयो ।

प्रदर्शनीस्थलमा ४/२५ रुपैयाँ मूल्यदेखि २८ सयसम्मका पुस्तक राखिएका छन् ।

पुल्चोक(ललितपुर)– मुल्कमा खस्कदै गएको पठन संस्कृतिको विकास गर्न साझा प्रकाशनले प्रयास थालेको छ । सो क्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले साझा प्रकाशनद्वारा आयोजना गरिएको विशेष पुस्तक प्रदर्शनीको भदौ २० गते उद्घाटन गर्नुभयो ।
आफ्नो उदघाटन मन्तव्यमा उहाँले साझा प्रकाशनले पढ्ने बानीको विकास गर्न गरेको अभियान निकै सकारात्मक रहेको बताउनुभयो । साझा प्रकाशनसँग आफ्नो गहिरो सम्बन्ध रहेको स्मरण गर्दै संस्कृतिविद् सत्यमोहन जोशीको अपनत्व रहेको यस संस्थाको उन्नयनमा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ललितपुर महानगरपालिका शैक्षिक संस्थालाई पुस्तक प्रदर्शनीको अवलोकनका लागि सहजीकरण गर्ने समेत उहाँले बताउनुभयो ।
प्रदर्शनीमा विशेष छुटमा पुस्तक खरिद गर्न सकिनेछ । साथै नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत प्रकाशक तथा व्यक्तिगत प्रकाशनका पुस्तक पनि छन् । पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
नेपालका भाषा, कला, संस्कृतिको संवद्र्धनमा विगत ११३ वर्षदेखि सेवा पु¥याइरहेको साझा प्रकाशनले पठन संस्कृति विकास गर्न उक्त पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुर र देशभरका सम्पूर्ण बिक्रीकक्षहरूमा भदौ २० गते देखि असोज ३ गतेसम्म रहने सञ्चालन गर्नेभएको निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार प्रदर्शनीस्थलमा ४/२५ रुपैयाँ मूल्यदेखि २८ सयसम्मका पुस्तक राखिएका छन् । उहाँले भन्नुभयो, ‘टेकबहादुर खत्रीको पञ्चायत आजको मूल्य रु ४/२५, पं. ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्यकथाको मूल्य ६÷५० रुपैयाँ छ भने व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ रहेको छ ।’
यसैगरी, साझा प्रकाशनद्वारा नेपाली लोक नृत्य क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका अग्रज स्रष्टा भैरवबहादुर थापाको द्यज्ब्क्ष्च्ब्द्य ब्उिजब क्अष्भलअभ पुस्तकको अङ्ग्रेजी संस्करण प्रदर्शनीमा रहेको छ ।
प्रदर्शनीमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न शीर्षकका कृति राखिएका छन् ।
हाल यस प्रकाशनले देशका सबै भाषा, सबै विधा, भूगोल, जाति, लिङ्ग आदिसित सम्बद्ध प्रकाशनसम्बन्धी काम गरिरहेको छ भने अझ यसको विकास र विस्तार गर्ने लक्ष्य राखेको नि. महाप्रबन्धक घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रदर्शनी देशका आमपाठकले कस्ता पुस्तकप्रति रुचि राखिरहेका छन् भन्नेबारेको सर्वेक्षण पनि हो । उहाँले भन्नुभयो, ‘यस सर्वेक्षणबाट प्राप्त निष्कर्षअनुसार आगामी दिनमा यस प्रकाशनले अपनाउनुपर्ने बाटोको पनि निर्धारण गरिनेछ ।’
यसै सन्दर्भमा हामी समस्त संचारजगत्लाई पनि यस प्रदर्शनीका समाचारहरू संकलन तथा प्रचार–प्रसारका लागि हार्दिक अनुरोध गर्दछौँ भन्ने साझा प्रकाशनका नि. महाप्रबन्धक घिमिरेले अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति २०८२ भाद्र २१, शनिबार ०६:२५ गते
हजुरको प्रतिक्रिया