अन्ततः नर संहार पछि गृहमन्त्री लेखकको आयो राजीनामा

अन्ततः नर संहार पछि गृहमन्त्री लेखकको आयो राजीनामा

एजेन्सी

@antaranganews

२०८२ भदौ २३ गते सोमबार ०९:०५

जेनजीहरूको आजको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने सो घट्नामा झण्डै चार सय घाइते भएका छन् ।

आजै साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री लेखकले राजीनामा दिनु भएको हो ।

काठमाडौं– अन्ततः नर संहार पछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु भएको छ । आजै साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष लेखकले राजीनामा दिनु भएको हो ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौं र देशका मुख्य शहरहरूमा प्रदर्शन गरेका थिए । सो क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो ।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आजै साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिनु भएको हो ।
‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले उल्लेख गरे ।
जेनजीहरूको आजको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने सो घट्नामा झण्डै चार सय घाइते भएका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनु भएको हो । त्यसअघि उहाँले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार २१:०५ गते
हजुरको प्रतिक्रिया