त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब छठ पर्वपछि

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब छठ पर्वपछि

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २६ गते बिहिबार १२:३७

विश्वविद्यालयले यस अवधिमा सबै शैक्षिक तथा प्रशासनिक कार्यहरू पनि बन्द रहने जनाएको छ । असामान्य परिस्थितिका कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको हो ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको पठनपाठन उत्पन्न विषम परिस्थितिका कारण छठपर्वपछि मात्र सुरु हुने भएको छ । जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको हो ।
असामान्य परिस्थितिका कारण नियमित पठन पाठन आउँदो कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले एक सूचना भदौ २६ गथे जारी गर्दै उल्लेख गरेको छ । रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा भनिएको हो ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले एक सूचना जारी गर्दै भनेको छ– ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।’
विश्वविद्यालयले यस अवधिमा सबै शैक्षिक तथा प्रशासनिक कार्यहरू पनि बन्द रहने जनाएको छ ।

प्रकाशित मिति २०८२ भाद्र २६, बिहीबार १२:३७ गते
हजुरको प्रतिक्रिया