भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना

भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २७ गते शुक्रबार १०:२४

‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न समेत नेपाली सेनाले अनुरोध गरेको छ ।

काठमाडौँ– सेनाले आफ्ना सबै गतिविधि र विचारहरू पारदर्शी रूपमा सार्वजनिक गरिरहेकोले भ्रामक र गलत समाचारबाट टाढा रहन सबैलाई सचेत गराएको छ । नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई भदौ २७ गते आग्रह गरेको हो ।
सेनाले आफ्नो जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै आधिकारिक सूचनाका लागि तोकिएका निकायहरूसँग समन्वय गर्न अनुरोध गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’
सेनाले आफ्ना सबै गतिविधि र विचारहरू पारदर्शी रूपमा सार्वजनिक गरिरहेकोले भ्रामक र गलत समाचारबाट टाढा रहन सबैलाई सचेत गराएको छ ।
विज्ञप्ति जस्ताको तस्तै :
साथै, सेनासम्बन्धी कुनै पनि सूचना आवश्यक परेमा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग वा स्थानीय स्तरमा रहेका विभिन्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०८२ भाद्र २७, शुक्रबार १०:२४ गते
हजुरको प्रतिक्रिया