शीतल निवासमा प्रधानसेनापति सिग्देल प्रवेश गर्दै तस्विरसहित

शीतल निवासमा प्रधानसेनापति सिग्देल प्रवेश गर्दै तस्विरसहित

एजेन्सी

@antaranganews

२०८२ भदौ २७ गते शुक्रबार ०१:४५

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनको सहमति भए पनि कानुनी जटिलताको गाँठो फुकाउने प्रयास भएको छ र अन्ततः निकार निस्कनले छ ।

हातखुट्टा बाँधेर प्रधानमन्त्रीको जिम्मेवारी चाहिँदैन : पूर्वप्रधान न्यायाधीश सुशीला कार्की

काठमाडौं– प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवासमा प्रवेश गर्नु भएको छ । अन्तरिम सरकार गठनको गृहकार्यको लागि उहाँसहित प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की समेत आज भदौ २७ गते सो बैठकमा हुनुहुन्छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनको सहमति भए पनि कानुनी जटिलताको गाँठो फुकाउने प्रयास भएको छ र अन्ततः निकास निस्कनले छ ।
सम्भवतः पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा आजै सानो आकारको मन्त्रीमण्डल गठन हुनेछ ।
हातखुट्टा बाँधेर प्रधानमन्त्रीको जिम्मेवारी चाहिँदैन : पूर्वप्रधान न्यायाधीश सुशीला कार्की
यसैबीच, भ्रष्टाचार र दमनबिरुद्ध छानबिन गर्न कथित ठूला भनिने तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रले नमानेपछि कार्कीले भन्नु भएको छ, ‘हातखुट्टा बाँधेर प्रधानमन्त्रीको जिम्मेवारी चाहिँदैन ।’
राष्ट्रपति पौडेल र प्रमुख दलका नेताहरूले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमत भए पनि भ्रष्टाचार र जेनजी आन्दोलनमा भएको दमनबिरुद्ध छानबिन गर्न दलका नेताहरू सहमत नभएका कारण अन्तरिम सरकार निर्माणमा अवरोध उत्पन्न भएको छ ।
छानबिन आयोग गठन गर्दा जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउन सक्ने भएकाले त्यसलाई दलहरूले अस्वीकार गरिएका हुन् ।
तीन प्रमुख दलका नेताहरू खासगरी शीतलनिवासमा उपस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा फोनमा सम्पर्क गरिएका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको अत्याधिक बल प्रयोग र ३४ जनाको निधन भएको घटना र भ्रष्टाचारको छानबिन गर्न अस्वीकार गरेका हुन् ।
दलहरूले यी उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउने भएकाले गठन गर्न अस्वीकार गरेको उच्च स्रोतले जानकारी दिएको हो ।
दलहरूले यस्तो कुरा सुने पछि वार्तामा बस्नु भएकी प्रस्तावित प्रधानमन्त्री कार्कीले कडा शब्दमा भन्नु भएकोछ, ‘हाथखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन ।’
हिजो दिउँसो सरकार गठन प्रक्रियाबारे थप छलफल गर्ने भन्दै उठिए पनि अहिलेसम्म त्यो विषय अघि बढ्न नसकेको स्रोत बताउँछ ।

प्रकाशित मिति २०८२ भाद्र २७, शुक्रबार १३:४५ गते
हजुरको प्रतिक्रिया