काठमाडौँ– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । जेन जेड आन्दोलनमा गोली लागेर युवाहरूको मृत्यु भएको भन्दै पूर्व सांसद तथा काँग्रेस नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा भदौ २७ गते जाहेरी दर्ता गराउनु भएको हो ।
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै नया वानेश्वर प्रहरी वृतमा उजुरी परेको हो । उहाँले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिनु भएको हो । उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्कालाई प्रमाणका रूपमा प्रस्तुत गर्नसमेत माग गरिएको छ ।
जेनजी आन्दोलनमा गोली लागेर युवाहरूको मृत्यु भएको भन्दै पूर्वसांसद तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दर्ता गराउनु भएको हो । उहाँले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिनु भएको हो ।
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्कालाई प्रमाणका रूपमा प्रस्तुत गर्नसमेत अनुरोध गरिएको छ ।
जाहेरीमा घटनामा मृत्यु भएकाहरूको विवरणसमेत उल्लेख गरिएको छ, जसमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम उल्लेख गरिएको छ ।
जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको दावी गर्दै सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।
प्रकाशित मिति २०८२ भाद्र २८, शनिबार २०:१८ गते