प्रधानमन्त्री कार्की : प्रहरीहरूको मनोबल बढाउँदै निरीक्षण तथा अनुगमन

प्रधानमन्त्री कार्की : प्रहरीहरूको मनोबल बढाउँदै निरीक्षण तथा अनुगमन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २९ गते आईतबार १०:३१

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूलाई निशाना बनाएका थिए । महाराजगञ्ज र कोटेश्वर प्रहरी चौकीमा सबैभन्दा बढी क्षति पुगेको थियो ।

प्रधानमन्त्री कार्कीले निरीक्षण पछि प्रहरीहरूलाई उच्च मनोबलका साथ काममा फर्कन आग्रह गर्नु भयो ।

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका काठमाडौँका विभिन्न प्रहरी कार्यालयको निरीक्षण गर्दै प्रहरीहरूको मनोबल बढाउने काम गर्नु भएको छ । उहाँले भदौ २४ गते आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग कोटेश्वर कार्यालयको अनुगमन तथा निरीक्षण भदौ २८ गते गर्नु भएको हो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूलाई निशाना बनाएका थिए । महाराजगञ्ज र कोटेश्वर प्रहरी चौकीमा सबैभन्दा बढी क्षति पुगेको थियो ।
प्रधानमन्त्री कार्कीले निरीक्षण पछि प्रहरीहरूलाई उच्च मनोबलका साथ काममा फर्कन आग्रह गर्नु भयो ।
निरीक्षणका क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले प्रधानमन्त्री कार्कीलाई घटनाबारे जानकारी गराउनुभएको थियो ।
घाइते नागरिकहरूलाई अस्पतालमा पुगेर भेटघाट गरेपछि उहाँले प्रहरी कार्यालयहरूको क्षतिको स्थलगत जानकारी लिन र सुरक्षाकर्मीको अवस्था बुझ्न पुग्नु भएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आगजनीले जलेका भवन, ध्वस्त भएका सवारीसाधन र तोडफोडबाट भएको अन्य भौतिक क्षतिको गम्भीरतापूर्वक अवलोकन गर्नु भएको थियो ।
उहाँले वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूसँग भेट गरी घटनाको विवरण लिनु भएको थियो । उहाँले यस्तो कठिन परिस्थितिमा पनि धैर्य नगुमाई कर्तव्यमा जुट्न आग्रह गर्दै उनीहरूको मनोबल उच्च राख्न निर्देशन दिनु भएको थियो ।
सो अवसरमा प्रधानमन्त्रीसँग प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारी लगायत हुनुहुन्थ्यो ।
जेनजी आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यालय मातहतका महाराजगञ्ज र कोटेश्वर प्रहरी वृत्तमा ३÷३ प्रहरीको ज्यान गुमेको थियो भने अधिकांश प्रहरी कार्यालयहरू जलेका छन् ।
त्यसअघि प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर आन्दोलनमा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २९, आईतवार १०:३१ गते
हजुरको प्रतिक्रिया