काठमाडौं– सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्तामा भदौ २९ गते नियुक्त गर्नु भएको हो । सबिता ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुनुहुन्छ ।
उहाँलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नु भएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीले भण्डारी महान्यायाधिवक्ता नियुक्त भएको जानकारी आफूले पाएको बताउनु भएको छ ।
सबिता भण्डारीलाई नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुने सौभाग्य मिलेको छ ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसक्नु भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीको कानुनसँग लामो नाता रहेको छ । उहाँको परिवारमा तीन पुस्ते वकिलहरू रहेका छन् ।
कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले काम गर्न थालेको २०११ सालदेखि हो । सुरूमा वकिल कहाँ मुद्दा लैजाने काम गर्ने उहाँ २०१४ सालमा अधिवक्ताको लाइसेन्स लिनु भएको हो । उहाँको लाइसेन्स नम्बर ९ हो । त्यसपछि २०२४ सालमा वरिष्ठ अधिवक्ताको लाइसेन्स पाउनु भएको हो ।
त्यसयता निरन्तर कानुनी पेसामा सक्रिय भण्डारी नेपाल बार एसोसिएसनमा दुईपटकसम्म अध्यक्ष हुनु भएको हो ।
सविता ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुनुहुन्छ । बाबुकै हुर्काइबढाइ र प्रेरणा पाएर उहाँ कानुन व्यवसायी बन्नु भएको हो । यतिबेला भने उहाँको प्रेरणा पाएर परिवारमा अर्को वकिलको पनि जन्म भइसकेको छ ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अहिले छोरी सविता र नातिनी निविदिता दुवैले पुस्तैनी विरासत धानिरहनु भएको छ ।
सविताको परिवारका तेस्रो अधिवक्ता हुनुहुन्छ उहाँका दाजुकी छोरी निविदिता भण्डारी हुनुहुन्छ ।
प्रकाशित मिति २०८२ भाद्र २९, आईतवार २०:५९ गते