‘समयमै चुनाव होस्, एमालेले सघाउँछ’ : महासचिव शंकर पोखरेल

‘समयमै चुनाव होस्, एमालेले सघाउँछ’ : महासचिव शंकर पोखरेल

एजेन्सी

@antaranganews

२०८२ भदौ ३० गते सोमबार ०६:०१

‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ ।’ महासचिव पोखरेलले भन्नुभयो ।

नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं उहाँको कथन छ ।

काठमाडौँ– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई संविधानतर्फ फर्काउन समयमै निर्वाचन आवश्यक रहेको औंल्याउनु भएको छ । आजै दिउँसो एमाले पार्टी कार्यालय अवलोकनका लागि पुगेका उनले कार्यकर्तालाई सम्बोधन गर्दै सधैँभरी सडक जनमत प्राप्तिको माध्यम हुन नसक्ने भन्दै ‘समयमै चुनाव होस्, एमालेले सघाउँछ’ भदौ ३० गते भन्नु भएको हो ।
उहाँले मुलुकलाई संविधानतर्फ फर्काउन तोकिएकै मितिमा निर्वाचन गर्न जरुरी रहेको बताउनु भयो । समस्याको समाधान सधैँ सडकबाट खोज्ने हो भने देशमा स्थायित्व र विकास हुन नसक्ने बताउनु भएको उहाँको कथन छ ।
उहाँले भन्नुभयो, ‘सधैँभरी सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन, हुन हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि परिवर्तनको आधारमा अघि बढ्न सक्दैन ।’
नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं । किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको, सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन । हुनु हुँदैन उहाँले दोहोर्याउनु भयो ।
एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिले पनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन भन्दै उहाँले समाधान सधै सडकबाट खोज्ने हो भने स्थायित्व र विकास सम्भव हुँदैन उहाँले उल्लेख गर्नुभयो । त्यसर्थमा हामी संविधानतिर फर्कनै पर्छ, संविधानको बाटो हिंड्नै पर्दछ नेता पोखरेलले भन्नुभयो । मुलुकलाई संविधान फर्काउन अबिलम्ब तोकिएकै समयमा निर्वाचन गर्नु आवश्यक छ उहाँले जोड दिदै भन्नुभयो ।
नेपाल सरकारले दिने सेवा प्रवाह अन्तर्गतका जिल्ला र प्रदेश तहका सबै कार्यालय अधिकांश ठाउँ ध्वस्त गरिएका छन् । आगजनी र तोडफोड गरिएका छन् । तपाई हामी सबैलाई थाहा छ, हामीले लामो बलिदानी पूर्ण संघर्षबाट स्थापित गरेको सिंहदरबारको अधिकार जनताका बीचमा पु¥याउने मान्यता स्वरूप बनेका स्थानीय सरकारका वडा तहसम्मका कार्यालयहरू पनि तोडफोड गरिएका छन्, आगजनी गरिएको उहाँले स्मरण गर्नु भयो ।
लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरू, तिनका नेताहरूका निजी भवनहरू जलाउने काम त भयो नै, सँगसँगै हाम्रा शताब्दीयौं पुराना सम्पदाहरू सिंहदरबार, शीतल निवास लगायतका सम्पदाहरू जलाउने खालको काम भयो भन्दै उहाँले राष्ट्रको सुरक्षा अंगका रूपमा रहेको नेपाल प्रहरीका प्रायः सबै संरचनाहरू जलाउने काम भएको उल्लेख गनुृ भयो । केन्द्रीय कार्यालय बाहेक प्रायः सबै नेपाल प्रहरीका संरचनाहरू ध्वस्त बनाउने काम भएको छ ।
युवाहरूको आकांक्षा मुलुकमा सुशासन कायम होस्, सेवा प्रवाहमा प्रभावकारिता आओस्, विकासले गति लिओस् भन्ने जायज अपेक्षा थियो । आज राजनीतिक परिस्थिति बदलिएको छ । आज जुन हिसाबले अगाडि बढ्ने काम भएको छ, त्यसले स्वभाविक रूपमा मानिसहरूका मनमा लामो संघर्षबाट प्राप्त भएको संविधान, हामीले स्थापित गरेको समावेशी प्रणाली दुनियाँकै एउटा नमुना प्रणालीका रूपमा मान्ने गरिन्छ उहाँले भनाइ छ ।
जनता सम्प्रभु भएको र अधिकार सम्पन्न भएको संविधानलाई कमजोर बनाउने खालका प्रयत्नहरू भइरहेका छन् । युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने काम, राष्ट्रलाई कमजोर बनाउने योजनामा बदल्ने काम २४ गतेका दिन जसरी भयो, जस्ता जस्ता मान्छेहरू संलग्न भए, मलाई लाग्दछ– नवयुवाहरूले पनि त्यो विषयमा नवीनतातापूर्वक सोच्नु पर्दछ । ती तत्वहरूलाई बाहिर ल्याउने प्रयत्न गर्नु पर्दछ ।
अहिले गठन भएको सरकारले पनि दोषीहरू पहिचान गर्नु पर्दछ र उनीहरूलाई दण्डित गर्नु पर्दछ । राज्यका क्षतिग्रस्त संरचनालाई उठाउनका लागि अपराधीहरूलाई दण्डित गरेर त्यसकै जगमा पुनर्निर्माणको कामलाई अगाडि बढाउनु पर्दछ ।
यद्यपि, यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो । शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जानेछ उहाँले भन्नुभयो ।
‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन, मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ ।’ उहाँले जोड दिदै पुनः भन्नुभयो ।
हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ भन्ने दावी गर्दै उहाँले देशलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्नसक्षम छ ।
होला, हामीले युवाहरूको आकांक्षालाई समयमै सम्बोधन गर्न सकेनौं । परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं । हाम्रा पनि केही कमजोरी हरू होलान् । तर त्यसका नाममा हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने, हाम्रो प्रशासनमाथि प्रश्न गर्ने, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने उचित र न्यायपूर्ण होइन ।
उहाँले असोज ३ गतेका दिन ऐतिहासिक संविधानसभाबाट संविधान बनेको दिन, हाम्रो पार्टीले त्यो संविधानसभाबाट संविधान बनेको दिनलाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ । यसपटक हामी हाम्रा क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधानसभाले संविधान बनाउँदाखेरीको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं । ७७ जिल्लाका साथीहरूलाई हामीले निर्देशन गरिसकेका छौं उहाँले भन्नुभयो ।

प्रकाशित मिति २०८२ भाद्र ३०, सोमबार १८:०१ गते
हजुरको प्रतिक्रिया