नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको अर्थतन्त्र सुधार्ने भरोसा युक्त अभिव्यक्ति

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको अर्थतन्त्र सुधार्ने भरोसा युक्त अभिव्यक्ति

एजेन्सी

@antaranganews

२०८२ भदौ ३० गते सोमबार ०८:५५

खनाल २०७० सालमा नेपाली काँग्रेसमा प्रवेश गर्नु भयो । कुनै दल विशेषको सदस्य भए पनि आफ्नो विवेकलाई कसैसँग राजनीतिक आविद्धतासँग सम्झौता गर्नु भएन । उहाँले अन्य दलका उदारवादी नेताको समेत खुलेर प्रशंसा गर्नु हुन्थ्यो ।

खुद्रे आयोजनाहरू कटौति गरी एक अर्ब सकलन गर्ने र निर्वाचन खर्च जुटाउने अर्थ मन्त्रालयको लक्ष्य रहेको छ ।

काठमाडौं– अर्थ मन्त्रालयको जिम्मेवारी लिनु अघि रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने प्रतिवद्धता व्यक्त गर्नु भएका उहाँले अर्थतन्त्र सुधार्ने भरोसा युक्त अभिव्यक्ति दिनु भएको छ । सो पद ग्रहण गरेसँगै भदौ ३० गते उहाँले त्यस्तो अभिव्यक्ति दिनु भएको हो ।
तलब, मन्त्री क्वार्टर, गाडीसमेत त्याग गर्नु भएका उहाँले पिएसओ समेत नलिने बताउनु भएको छ । अहिलेको परिस्थितीलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको टिमले उनलाई पिएसओ भने राख्न आग्रह गरेको थियो । तर खनालले त्यो पनि नमानेको बताइएको छ । मन्त्री खनालले पदभार ग्रहणपछि आफूलाई एकजना सवारी चालक र सचिवालयमा एकसहित दुईजना भए हुने जानकारी दिनु भएको छ ।
पूर्वअर्थसचिव समेत रहनु भएका खनालले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूले गरेको करछलिका विषयमा मतभेद भएपछि अर्थसचिवबाट राजीनामा दिनु भएको थियो । यसप्रकार रामेश्वर खनालले अर्थ मन्त्रालय त्यागे तर मन्त्रालयले उहाँलाई पछ्याइरहेको जानकारहरू बताउँछन् ।
केही समयअघि मात्र मात्र उहाँले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाउनु भएको थियो ।
रामेश्वर खनालको चिनारी ?
खनालको जन्म २०१३ साल असारमा पाल्पाको तानसेनमा भएको हो । सानैदेखि तीव्र बौद्धिक क्षमतामा भएका उहाँको शैक्षिक यात्रा कक्षा तीनबाट सुरु भएको थियो । परीक्षाको १७ दिनअघि सिधै कक्षा ३ मा भर्ना हुँदा पनि उहाँले पहिलो स्थान हासिल गर्नु भयो । त्यसपछि कक्षा नाघेर सिधै पाँच कक्षामा भर्ना हुनु भयो ।
कक्षा– ८ सम्म उनी सधैँ स्कुलमा पहिलो हुनुभयो । त्यसपछि रेडक्रस सर्कलको अध्यक्ष, विद्यार्थी संगठनको सल्लाहकार लगायतमा सक्रिय हुँदा दोस्रो भए पनि उहाँ तीक्ष्ण विद्यार्थीको रूपमा चिनिनु हुने उहाँ त्यसपछि स्नातकमा दोस्रो र स्नातकोत्तरमा तेस्रो स्थान हासिल गर्नु भएको हो ।
विद्यार्थी जीवनमा उत्कृष्ट रहेका उहाँलाई जागिरे जीवन रोजीछाडी भयो । सुरुका वर्षमै नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षामा नाम निकाल्नु भएको उहाँले अन्तर्वार्तामा लोक सेवा आयोगको परीक्षालाई नै रोज्नु भयो । करिब १५ वर्ष ९ महिना शाखा अधिकृतका रूपमा अनुभव हासिल गर्नु भएका उहाँले २०५३ सालमा सहसचिवको परीक्षा दिनु भयो । सोही क्रममा उहाँ लेखा समूहतर्फको सहसचिवमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा खटिएका थिए । उहाँ २०५९ सालमा महालेखा नियन्त्रक कार्यालयबाट अर्थ मन्त्रालय सरुवा हुनुभएको हो ।
सचिव बन्ने क्रममा कयौँ पटक पछाडि पारिए पनि अन्ततः २०६३ सालमा सचिव बन्न सफल हुनु भएका उहाँले २०६७ सालसम्म चैतसम्म निजामती सेवा काम गर्नु भयो । तर सरकारसँग विवाद हुँदा अर्थसचिव रहँदाकै अवस्थामा उहाँले राजीनामा दिनु भएको हो ।
तत्कालीन समयमा ऊर्जा मन्त्री, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले प्राधिकरणमा ८ सय करार कर्मचारी स्थायी गर्न प्रस्ताव ल्याइएको थियो । तर खनालले त्यसमा हस्ताक्षर गर्न मान्नु भएन । एक पटक सेयर लगानीकर्ताले कारोबार ठप्प पारेर अर्थ मन्त्रालय जानु भयो ।
खनाल २०७० सालमा नेपाली काँग्रेसमा प्रवेश गर्नु भयो । कुनै दल विशेषको सदस्य भए पनि आफ्नो विवेकलाई कसैसँग राजनीतिक आविद्धतासँग सम्झौता गर्नु भएन । उहाँले अन्य दलका उदारवादी नेताको समेत खुलेर प्रशंसा गनर्र््ुहुन्थ्यो ।
भ्रष्टाचारविरूद्धको ‘जेनजी’ समूहको आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने चुनौती उहाँका सामु छ, र उनले यो चुनौतीलाई स्वीकार गरेको देखिन्छ ।
खुद्रे आयोजनाहरू कटौति गरी एक अर्ब सकलन गर्ने :
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले खुद्रे आयोजनाहरू अघि नबढाउने निर्णय गर्दै त्यस्ता आयोजनाहरू कार्यान्वयन नगर्दा एक सय अर्ब रुपैयाँ स्रोत जोहो हुने बताउन्ु भएको छ । उहाँले यो ६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने भएकोले अहिलेको बजेटमा त्यो प्रबन्ध गरिएको थिएन । त्यसैले खुद्रे आयोजना कटौती गरेर १ खर्ब जोहो गर्न लागिएको बताउनुभयो ।
वर्तमान सरकार पूरक बजेटको सोचमा नरहेको समेत स्पष्ट्याउँदै राजनीतिक दबाबमा बजेटमा छिराइएका आयोजनाहरूलाई अघि नबढाइने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग दुई उपाय छ, पहिलो–बजेट भित्र रहेर फजुल खर्चका लागि गरिएका विनियोजन कटौती । दोस्रो–बजेट भित्र रहेर तयारी नभएका, कुनै किसिमको अध्ययन नगरी प्रोजेक्ट बैंकमा अन्तिम घडीमा राजनीतिक दबाबमा छिराइएका आयोजनाहरूमा राखिएका रकम निकाल्ने ।’
यसैगरी अर्थसचिवले भन्नुभएको छ की एक सय अर्ब जति यसरी रकम जुटाउन सक्छौँ । जसको उपयोग हामीले सही काममा गर्न सक्छौँ । त्यो सही काम एउटा निर्वाचनका लागि हुनेछ । दोस्रो सिंहदरबार छिर्न लागेपछि मैले यतिको विध्वंस कहिल्यै देखेको थिइन् । खण्डहर जस्तो देखियो । अर्थमन्त्रालयमा आगजनीबाट लागेको कालो धब्बा, परिसर भित्रको जलेका गाडी तुरुन्त हटाऔँ । यो सहित पुनर्निर्माणमा बजेट खर्च गरिनेछ अर्थमन्त्री खनालले बताउनु भएको छ ।
अर्थमन्त्री खनालका पाँच सन्देश :
राजस्व प्रशासन र आर्थिक नीतिका विशेष जानकारको रूपमा छवि बनाएका पूर्वअर्थसचिव रामेश्वर खनालले अन्तरिम सरकारको अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
खनाललाई १५ वर्षपछि अहिले युवा पुस्ताको आन्दोलनले यो जिम्मेवारी सुम्पेको छ । विशेष गरी भ्रष्टाचारविरूद्धको ‘जेनजी’ समूहको अभियानपछि उनीहरूले बोकेको मूल मुद्दा लिएर यो जिम्मेवारीमा आएका हुन् । अर्थमन्त्रीको जिम्मेवारी लिएपछि आयोजित कार्यक्रममा उहाँले मुख्य पाँच सन्देश दिनु भएको छ ।
उहाँका सन्देशहरूले प्रशासनिक सुधार, वित्तीय अनुशासन र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएको देखिन्छ ।
१. जेनजी सन्देशः भ्रष्टाचार नसहने, सेवाग्राहीलाई दुःख दिन नपाइने :
उहाँले कर्मचारी तथा शुभेच्छुकहरूलाई खादा, माला नलगाउन आग्रह गर्नु भएको छ । ‘जेनजी’ समूहको आन्दोलन नै भ्रष्टाचार जरैबाट उखेल्ने भएको जानकारी पुनः कर्मचारीहरूलाई गराएका छन् ।
उहाँले आफूलाई यो जिम्मेवारी ‘जेनजी’ समूहले सुम्पेको बताउँदै उनीहरूको मुद्दामा अडिग भएर काम गर्ने बताउनु भएको छ । खनालले भन्नुभयो, ‘अब आइन्दा मुलुकलाई करप्सनबाट पूर्ण मुक्त गर्न ज्यानै आहुति दिनु भएको छ, नजानेर पनि गल्ती गर्न पाइँदैन ।’
उहाँको कर्मचारीलाई स्पष्ट निर्देशन छ, कुनै पनि व्यक्तिको नाम लिएर गलत काम गर्ने छुट छैन । खनालले कर्मचारीतन्त्रभित्र सच्चिन आवश्यक रहेको बताउनु भएको छ, ‘यो आन्दोलनपछि हामी सच्चिनुपर्छ ।’
उहाँले थप भन्नुभयो, ‘अब सेवाग्राहीले स्पष्ट रूपमा परिवर्तनको महसुस गर्न पाउनु पर्छ। यति छिटो काम हुन्छ, यति राम्रो पनि व्यवहार गरिन्छ भन्ने ढंगले काम गर्नुपर्छ ।’
२. मितव्ययीतामा जोड र सार्वजनिक खर्चमा कडाइ :
अर्थमन्त्री खनालले सरकारी खर्चमा कडाइ गर्ने संकेत दिदै निर्वाचन सरकार भएकाले कम जरूरी खर्चमा कटौती गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘यो सरकार निर्वाचन सरकार हो, कम्तीमा अर्थ मन्त्रालयभित्र गाडी नकिनौं ।’
‘पूर्वतयारी नभएका, प्राथमिकतामा नपरेका र टुक्रे आयोजनाहरू’ तत्काल कार्यान्वयन नगर्ने पहिलो निर्णय रहेको छ । यस्ता आयोजना छुट्याउन अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सुमन दाहालको संयोजकत्वमा कार्यदल बनाइएको छ ।
३. निजी क्षेत्रसँग सहकार्य :
उहाँले निजी क्षेत्रसँग सहकार्य गरिने बताउँदै निजी क्षेत्रको आत्मबल कमजोर हुन दिन नहुने बताउनु भएको छ । अहिले निजी क्षेत्रका उद्योग, कलकारखाना र निजी घरमाथि भएको तोडफोड तथा आगजनीले उनीहरूलाई निरूत्साहित गरेको उल्लेख गर्नुभयो । सरकारको ‘शून्य भ्रष्टाचार नीति’मा सहयोग गर्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।
४. राजस्व प्रणालीमा सुधार र कडाइ :
उहाँले राजस्व असुलीमा कडाइका साथ गरिनुपर्ने सन्देश दिदै नम्र हुनु पर्ने ठाउँमा नम्र र कडा हुनु पर्ने ठाउँमा कडा पनि हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राजस्वमा कमी आउन दिनु भएन, राजस्वको चुहावटलाई पनि रोक्नु पर्छ ।’
५.सादगी शैली :
अर्थमन्त्री खनालले आफ्नो व्यक्तिगत जीवनशैली र कामप्रतिको समर्पणबारे केही कुराहरू सार्वजनिक गर्नु भएको छ ।
शपथ लिन जाने क्रममा आफैले गाडी चलाएर गएको स्मरण गर्दै अब भने गाडी चलाउन एक जना सहयोगी आवश्यक परे पनि अन्य कुनै सहयोगी तथा सल्लाहकार नराख्ने बताउनु भयो ।
उहाँले आफू पहिले १४–१५ घण्टा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयको सबै काम मन्त्रालयभित्र नै गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘व्यक्तिगत काम लिएर मेरो घरमा आउनु नै पर्दैन, तपाईंहरूले मेरो घर नदेखे पनि म खुसी हुन्छु ।’
स्मरणीय छ, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि उहाँले कुनै पनि सुविधा नलिइ काम गर्नु भएको थियो । १७ दिन पढेर प्रथम भएको सुखद विगत भएका उहाँको सामु छ महिना काम गरेर इतिहास रच्ने अवसर र चुनौती आएको छ । उहाँलाई सफलताको शुभकामना !

प्रकाशित मिति २०८२ भाद्र ३०, सोमबार २०:५५ गते
हजुरको प्रतिक्रिया