शिक्षा दिवशमा एसईई परीक्षामा जिल्ला उत्कृष्ट तनिजा ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

शिक्षा दिवशमा एसईई परीक्षामा जिल्ला उत्कृष्ट तनिजा ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ३ गते शुक्रबार ०६:१२

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल हुने ती विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो । विद्यालयलाई प्रदान गरिको प्रशंसा पत्र सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूले ग्रहण गरेका थिए ।

यो वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ सो दिवस मनाइएको हो ।

बेसीशहर– लमजुङमा शिक्षा दिवशको अवसरमा यस जिल्लाबाट २०८१ को माध्यमिक परीक्षामा एसईई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र विद्यालयलाई पुरस्कृत गरी सम्मान गरिएको छ । जिल्लाभर उत्कृष्ठ नतिजा ल्याउन सफल हुने विद्यार्थी र विद्यालयलाई असोज २ गते एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
जिल्लाभरमा ४ जिपिए ल्याएर पहिलो हुने दुई जना कुशुमाकर मा.वि, रामबजारका सदिक्षा अधिकारी र फ्युचर स्टार मा.वि भोटेओडारका सौजन्य अधिकारीलाई जनही ७÷७ हजार रुपैयाका साथमा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तैगरी ३.९७ जिपिए ल्याएर दोस्रो हुने ईशानेश्वर मा.वि भोर्लेटारका सचिन वि.क.लाई ५ हजार, ३.९६ जिपिए ल्याएर तेस्रो हुने जनकल्याण मावि उदीपुरका अनुपा जोशी र युनिर्भसल एकेडेमीका प्राप्ती सुयँललाई जनही ३÷३ हजार रुपैयाँ र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल हुने ती विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो । विद्यालयलाई प्रदान गरिको प्रशंसा पत्र सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूले ग्रहण गरेका थिए ।
एसईई परीक्षामा गतवर्ष लमजुङ जिल्लाबाट २८ सय ११ जना विद्यार्थी सहभागी भएको जम्मा ६४.३९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
देश शोकमा रहेका कारण यो वर्षको शिक्षा दिवशमा अन्य तामझाम नगरी उत्कृष्ट विद्यार्थीहरू र विद्यालयलाई सम्मानको कार्यक्रम मात्रै गरिएको आयोजक शिक्षा विकास तथा समन्वय इकाई लजमुङका प्रमुख दिवाकर शर्माले बताउनु भएको छ । उहाँका अनुसार प्रशंसा पत्रद्वारा सम्मानित हुने विद्यालयहरूमा विरभक्ति मा.वि., प्रअ नुरमहोमद मिया, युनिभर्सल एकेडमी, प्रिन्सिपल विमल अधिकारी, कुशुमाकर मावि, प्रधानाध्यापक ध्रुवराज घिमिरेलगायत हुनु हुन्थ्यो ।
जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सम्मानित विद्यालयका प्रतिनिधि वीरभक्ति मावि तार्कुघाटका प्रधानाध्यापक नुरमहोमद मिया तथा एसईईमा जिल्ला प्रथम भई पुरस्कृत छात्रा सदिक्षा अधिकारीले आ– आफ्ना धारणा सहित मन्तव्य राख्नुभएको थियो ।
यो वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ सो दिवस मनाइएको हो ।
शिक्षा दिवसको उक्त कार्यक्रममा प्रमखु जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, कोष तथा लेखा नियन्त्रक भवराज जोशी, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, सशस्त्र प्रहरी प्रमुख शेखर दवाडी, प्रदेश जनस्वाथ्य कार्यालयका प्रमुख प्रविणकुमार खनाल लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभािगता रहेको थियो ।
सो अवसरमा विभिन्न विद्यालयका छात्रछात्राहरूले तयार गरेका विज्ञान सामग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा शिक्षा समन्वय ईकाइका प्रमुख दिवाकर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सामाजिक विकास कार्यलयका कर्मचारी सिर्जना अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ आश्विन ३, शुक्रबार ०६:१२ गते
हजुरको प्रतिक्रिया