
लमजुङ जिल्लामा ४÷४ वटा गाउँपालिका र नगरपालिका गरी आठ वटा स्थानीय तह छन् । ती सबैमा पछिल्लो केही वर्षदेखि यातायात सञ्चालनमा आएका छन् । तर नगरपालिकाहरूमा मात्र यात्रु सहायता कक्षा सञ्चालन गरिएको छ ।
बेसीशहर नगरपालिका– ८ को शेरा चोकमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले उद्घाटन गर्नु भयो । उहाँले नागरिकले सुरक्षित तवरबाट यात्रा गर्न पाउनु उसको नैसर्गिक अधिकार भएको बताउनुभयो । सो अवसरमा जिल्लाका विभिन्न ८ ठाउँमा सहायता कक्ष स्थापना भएको जानकारी दिइएको थियो ।
लमजुङ– नेपालीहरूका महान चाड बडादशैं, शुभदिपावली तथा छठ पर्व लक्षित जिल्लाका सबै पालिकामा लमजुङ प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा हुने भीडभाडलाई मध्यनजर राखेर सवारी आवातजावत हुने मुख्य–मुख्य स्थानमा ‘यात्रु सहायता कक्ष’ असोज ६ गते सञ्चालनमा ल्याएको हो । ती सहायता कक्ष गतवर्षको तुलनामा दुई स्थानमा कम छन् ।
लमजुङ जिल्लाका सबै पालिकामा घटस्थापनाको दिनदेखि यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । भीडभाडमा यात्रुलाई सहजता प्रदान गर्न, सुरक्षित यात्रा, यात्रुहरू बढी भाडा तिरेर ठगिन सक्ने, सामान हराउन सक्नेलगायत विविध समस्या तत्कालै समाधान तथा सम्बोधन गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताउनुभयो । उहाँका अनुसार यात्रुले कुनै समस्या परेमा सहायता कक्षमा आफ्ना गुनासा राख्न वा उजुरी दिन सक्ने प्रवन्ध गरिएको छ ।
उहाँले भन्नुभयो, ‘जिल्लाका ८ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।’ गतवर्ष लमजुङको १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको भएपनि यसवर्ष घटाएर ८ स्थानमा मात्र यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँको भनाइ छ । गतवर्ष बेसीशहरको मनाङे चौतारा र शेरामा दुई स्थानमा सहायता कक्ष थियो यसवर्ष शेराचोकमा मात्र राखिएको छ ।
लमजुङ जिल्लामा आठ स्थानीय तहमा गाउँपालिका र नगरपालिका ४÷४ वटा रहेका छन् । ती सहायता कक्ष भने नगरपालिका क्षेत्रमामात्र राखिएको छ । भलै पछिल्लो केही वर्षदेखि जिल्लाका सबै पालिकामा यातायात सेवा सञ्चालनमा आएको किन नहोस् । जनशक्तिको कमीका कारणले सबै पालिकामा सहायता कक्ष सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार बेंसीशहर नगरपालिका– ८ शेराबजार, बेसीशहर नगरपालिका– ३ रानीकुवा, सुन्दरबजार नगरपालिका– ९, सीउँडीबार चोक, सोही नगरपालिका– ७ पाउँदी, सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटी, मध्यनेपाल नगरपालिका– ६ को पाखुरीचोक, मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले, राइनास नगरपालिका– ६ धमिलीकुवामा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँको भनाइ छ ।
बेसीशहर नगरपालिका– ८ को शेरा चोकमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले सुरक्षित तवरबाट यात्रा गर्न पाउनु उसको नैसर्गिक अधिकार भएको बताउनुभएको छ । सो अवसरमा जिल्लाका विभिन्न ८ ठाउँमा सहायता कक्ष स्थापना भएको जानकारी दिइएको थियो ।
चाडबाडमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले आफ्नो कमाण्डमा जिल्लाभर ३ सय २० जना प्रहरी सहायता कक्षमा खटिएको जानकारी दिनुभयो । चाडपर्वमा भीडभाड बढी नगर्ने, संयमित तवरबाट मनाउने, होहल्ला नगर्ने, झैझगडा नगर्ने वातावरण सबैले मिलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रहरीले चाडबाडको समय पिकेट, पैदल गस्ती, मोबाइल गस्ती, ग्रामीण गस्ती, प्रत्येक दिन छड्के चेकजाँच गर्ने कार्यक्रम बनाएको छ ।’
शेराचोकमा स्थापित सहायता कक्षको उद्घाटन कार्यक्रममा प्रहरी निरीक्षक अभिषेक पाण्डे, जिल्ला ट्राफिक कार्यालयका प्रमुख परशुराम जोशी तथा यातायात व्यवसायीहरूका साथ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
प्रकाशित मिति २०८२ आश्विन ७, मंगलवार ०५:३४ गते