टेकजङ गुरुङ त्रिवेणी युवाक्लवको अध्यक्षमा निर्विरोध चयन

टेकजङ गुरुङ त्रिवेणी युवाक्लवको अध्यक्षमा निर्विरोध चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ७ गते मङ्गलबार ०६:३३

त्रिवेणी युवा क्लवले हरेक वर्ष पुस १२ गतेदेखि बेंसीशहरको सहजी खेल मैदानमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको त्रिवेणी कप फुटवल प्रतियोगिताको ३२ औं शृंखला सम्पन्न गरिसकेको छ ।

सचिव र अन्य सदस्य पछि चयन गरिने क्लवका निर्वाचन समितिमा संयोजक निर्मलजङ घलेले बताउनु भयो ।

बेसीशहर– लमजुङको सदरमुकाम बेंसीशहरस्थित जिल्लाकै प्रतिष्ठित र क्रियाशील त्रिवेणी युवा क्लवको अध्यक्षमा टेकजङ गुरुङ निर्विरोध रुपमा चयन हुनुभएको छ । क्लवको १३ औं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति असोज ४ गते चयन भएको हो ।
यसअघि सो क्लवको उपाध्यक्ष रहनु भएका गुरुङ क्व्होलासोथार गाउँपालिका– ४ भुजुङ निवासी हुनुहुन्छ । अधिवेशनले क्लवको उपाध्यक्षमा खुशीजङ गुरुङ र इन्द्र राना सर्वसम्मत चयन गरेको छ । त्यसैगरी क्लवको कोषाध्यक्षमा केशबहादुर राना चयन हुनुभएको छ ।
कार्यसमिति सदस्यमा गणेश गुरुङ, विकास अधिकारी र अच्युत पौडेल चयन हुनु भएको छ । सचिव र अन्य सदस्य पछि चयन गरिने क्लवका निर्वाचन समितिमा संयोजक निर्मलजङ घले, सदस्य गोविन्द बस्नेत, कृष्णजङ गुरुङ, लोकेन्द्रजङ गुरुङ, छविन्द्रजङ गुरुङ, विनोद गुरुङ र किशोर पिया रहनु भएको थियो । निर्वाचन समितिमा संयोजक निर्मलजङ घलेका अनुसार समितिले सचिवबाहेक पदाधिकारी र तीन सदस्यको टुंगो लगाएको हो । सदस्य पदमा महिला, जनजाति लगायतलाई समेटेर समावेशी बनाइने भएको क्लवले जनाएको छ ।
त्रिवेणी युवा क्लवले राष्ट्रिय फुटवल प्रतियोगितासहित विभिन्न सामाजिक गतिविधी गरेर प्रतिष्ठा आर्जन गरेको छ ।
त्रिवेणी युवा क्लवले हरेक वर्ष पुस १२ गतेदेखि बेंसीशहरको सहजी खेल मैदानमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको त्रिवेणी कप फुटवल प्रतियोगिताको ३२ औं शृंखला सम्पन्न गरिसकेको छ । त्रिवेणी कपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको सहभागितामा जिल्लाकै गौरव बढाउने कार्य गरिआएको छ ।
अधिवेशन क्लवका तत्कालीन अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति २०८२ आश्विन ७, मंगलवार ०६:३३ गते
हजुरको प्रतिक्रिया