प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्नु हुने

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्नु हुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ९ गते बिहिबार ०६:१७

जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।

सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको जनाइएको छ ।

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने हुनु भएको छ । उहाँले आज असोज ९ गते साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उहाँ निकट स्रोतले जानकारी दिएको हो ।
सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको जनाइएको छ ।
जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।
उहाँ नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको भएको छ ।

प्रकाशित मिति २०८२ आश्विन ९, बिहीबार ०६:१७ गते
हजुरको प्रतिक्रिया