मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय : कार्तिक मसान्तसम्म म्याद

मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय : कार्तिक मसान्तसम्म म्याद

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ९ गते बिहिबार ०५:०४

आजैबाट अव मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउनेछन् ।

काठमाडौं– आउँदो फागुन २१ गतेका लागि घोषित मध्यावधि निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्न असोज ९ गते जारी सूचनामा त्यस्तो उल्लेख भएको हो ।
सरकारले निर्वाचन आयोगको अनुरोधमा हिजोमात्रै अध्यादेश ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिएको थियो । सोही आधारमा निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कार्तिक ३० गते) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
आयोगको आज सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो । आउँदो कार्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार आजैबाट अव मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको छ । उहाँले भन्नुभयो, ‘आगामी कार्तिक मसान्तसम्म मतादाता नामावली सङ्कलन गर्ने निर्णय भएको छ, आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् ।’

प्रकाशित मिति २०८२ आश्विन ९, बिहीबार १७:०४ गते
हजुरको प्रतिक्रिया