नव युवा भाइ बैनी निस्कदा छन वरिपरि
अझै ती भ्रष्ट नेताजी कुरा गर्छन थरिथरि
हार्दिक श्रद्धाञ्जली दिन्छु जेन्जी भाइहरू यहाँ !
विरामी सवमा दिन्छु सिघ्राती स्वास्थ्य कामना ।।
देश हाम्रो बिरामी छ नेताको बिग्रीयो मति
नेताको भ्रष्ट पाराले उँधै गति उँधै मति
भ्रष्ट नेताहरूलाई जेलमा कोच्नु पर्दछ !
बल्ल नेपाल आमाको पाइला अघि बढ्दछ ।।
सुन्दरबजार नगरपालिका– ९, फूलवारी, लमजुङ
प्रकाशित मिति २०८२ आश्विन १२, आईतवार १९:०६ गते